१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोट निर्माण ब्यावसायी संघको ९ औँ अधिबेशनमा काँग्रेश बिरुद्ध काँग्रेश

रुपा अर्याल,

भाद्र ३०, नुवाकोट

नुवाकोट निर्माण ब्यबसायी संघको ९ औँ अधिबेशन बिदुरमा शुरु भएको छ । संघको अधिवेशनले जिल्लाको नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न हुने जनाएको छ ।
नुवाकोट निर्माण व्यबसायी संघको नयाँ नेतृत्व निर्वाचन मार्फत चयन हुने भएको छ । जसको निमित्त नेपाली कांग्रेससंग आबद्ध रहेका निर्माण ब्यबसायी नै नेतृत्वको लागि दुइ चिरामा बिभाजित भएर चुनाव भिड्ने भएका छन ।
शैलेन्द्र राज प्याकुरेलको समुहलाई नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओबादी) केन्द्रका ब्यवसायीहरुको समर्थन रहेकोे छ । भने कृष्ण प्रसाद थपलियाको समुहलाई पनि नेपाली कांग्रेस नेकपा (एमाले ), नेकपा (माओवादी ) केन्द्र, नेकपा एस का साथै राष्ट्रीय प्रजातन्त्र पार्टी (राप्रपा) को पुर्ण समर्थन रहेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

नेपाली कांग्रेसका नेता एवं पुर्व जिल्ला सचीव सुरेन्द्र राज अधिकारिले थपलियाको टिम इमानदार र सक्षम टिम भएकाले समर्थन गरेको बताउनु भयो ।
त्यसैगरी नेकपा (माओवादी ) केन्द्रका नेता पन्चकन्या गाउँपालिका अध्यक्ष एवं निर्माण ब्याबसायी संघका सल्लाहकार तेज बहादुर तामाङ (रमेश) ले आफ्नो र पार्टीको चाहना जिल्लामा रहेका सबै ब्यबसायीहरुलाई समेटेर लैजाने रहेको बताउनु भयो ।
उहाँले इमानदार भएर थपलिया प्यानललाइृ समर्थन गर्न आग्रह गर्नुभयो ।
नेता तामाङका अनुसार ब्यबसायिक हकहितलाई मध्यनजर गरेर समूह बनाइएको छ । नेता तामाङले सबै पक्षलाई मिलाउने क्रममा नेपाली कांग्रेसमा आबद्ध केही सदस्य बाहेक अरु समूह समेटिएको दाबी गर्नु भयो ।

त्यस्तै राप्रपा जिल्ला अध्यक्ष कुल बहादुर खड्की र नेकपा एसका नेता सजन कुमार श्रेष्ठले आफुहरुको पुर्ण समर्थन रहेको बताउनु भयो ।
दुबै समुहका उमेदवारहरुले आफ्नो आफ्नो उमेदवारी दिएका छन् ।


शैलेन्द्रराज प्याकुरेलको समुहमा वरिष्ठ उपाध्यक्षमा गणेश बहादुर तामाङ, उपाध्यक्षहरु गणेश कार्की र रामचन्द्र श्रेष्ठ महासचिव रमेश कुमार बस्नेत, सचीव शिबलाल श्रेष्ठ, कोषाध्यक्ष श्याम बहादुर तामाङ र सह कोषाध्यक्षमा योगेन्द्र सिंह थापा रहनु भएको छ ।


त्यस्तै कृष्ण प्रसाद थपलिया समुहमा वरिष्ठ उपाध्यक्ष पशुपति थापा, उपाध्यक्ष हरुमा सुवासचन्द्र कार्की र अरुण कुमार थापा, महासचिव सुशील फुयाल, सचीव दिपक पंडित, कोषाध्यक्ष बाल मुकुन्द नेपाल र सह कोषाध्यक्षमा रेवतिमान श्रेष्ठ रहनु भएको छ ।

अध्यक्षका प्रत्यासी कृष्ण प्रसाद थपलियाले सम्पुर्ण ब्यबसायिहरुको आफुलाई समर्थन रहेकोले जित्नेमा ढुक्क रहेको बताउनु भएको छ भने अर्का प्रत्यासी शैलेन्द्र राज प्याकुरेलले पनि संघमा बसेर लामो समय काम गरेको अनुभवका कारण जित्ने ढुक्क भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्