१२ श्रावण २०८१, शनिबार
Logo

नेकपा माओवादी केन्द्र नुवाकोटले टुंग्यायो संघ र प्रदेशको उमेदवार

नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार सिफारिस टुङ्ग्याएको छ । क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का पूर्वमन्त्री एवं पोलिटब्युरो सदस्य हितबहादुर तामाङ पुनः सिफारिस हुनुभएको छ । उहाँ बहालवाला सांसद हुनुहुन्छ । अघिल्लो निर्वाचनमा तामाङले नेपाली काँग्रेसका उमेदवार डा. रामशरण महतलाई ८ हजार ५ सय मतले पराजित गरी निर्वाचित हुनुभएको थियो ।


निर्वाचन क्षेत्रीय समन्वय समिति बैठकले प्रत्यक्षतर्फ सांसद तामाङलाई प्रत्यक्षतर्फ पुनः उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको क्षेत्रीय ईञ्चार्ज तथा पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले बताउनुभयो । समानुपातिकतर्फ पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज बिमला सुवेदी, शिव खाती र गमला श्रेष्ठ सिफारिस हुनुभएको छ । सुवेदी २०६४ सालको निर्वाचित संविधानसभा सदस्य हुनुहुन्छ । आकांक्षी धेरै भएपछि समानुपातिक तर्फको नाममा सर्वसम्मत हुन नसकेको जिल्ला संयोजक पुष्प लामिछानेले जानकारी दिनुभयो ।

यस्तै प्रदेशसभा तर्फ माओवादीले क्षेत्र नं १ (क) को प्रत्यक्षमा बागमती प्रदेश उपसभामुख राधिका तामाङलाई सर्वसम्मत सिफारिस गरेको छ । तामाङ २०७० को संविधानसभा सदस्य तथा पूर्व कृषि राज्यमन्त्री हुनुहुन्छ । १ (ख) मा जिल्ला संयोजक लामिछाने सिफारिस हुनुभएको छ । १ (क) को समानुपातिकतर्फ एलिशा थापा, रत्न बिक, लालबहादुर तामाङ, कृष्णबहादुर तामाङ, प्रमोदलाल श्रेष्ठ, पदम बहादुर तामाङ र पार्वती पण्डित सहित ६ जना सिफारिस हुनु भएको छ । १ ख को समानुपातिक तर्फ सुवास तामाङ, रामहरि श्रेष्ठलगायत ८ जनालाई सिफारिस गरिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षमा केशव प्रसाद पुडासैनी, सुभद्रा नेपाल र माधब प्रसाद पाण्डे लाई सिफारिस गरिएको छ भने समानुपातिक तर्फ बिमला सुबेदी, राम माया बोगटी र कृष्ण आनन्द बिक हुनुहुन्छ ।

निर्वाचन क्षेत्र नम्बर २ क मा प्रत्यक्ष तर्फ पार्टीको बागमती प्रदेस समितिका उपाध्यक्ष राम प्रसाद ढुंगानालाई सिफारिस गरिएको र समानुपातिकमा कविता ढुंगाना, कल्पना पाठक (पौडेल), निर्मल तामाङ, प्रकाश लामा, जिवनराज श्रेष्ठ, गिता कुमारी बस्नेत, चन्द्र बहादुर कुमाल रहनु भएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ ख को प्रत्यक्षमा बागमती प्रदेश साम्सद हिरानाथ खतिवडा, कल्पना रिमाल र जयमान वाइबा हुनुहुन्छ भने समानुपातिकमा मिना वाइबा, सुजन मगराती, अइद घले, रामेश्वर खड्का मगर, कृष्ण भन्डारी, जनकराज ढुंगाना र बिबराम तामाङलाई सिफारिस गरिएको नेकपा (माओवादी) केन्द्र क्षेत्रीय निर्वाचन समन्वय समितीका संयोजक राज कुमार रेग्मी सन्देशले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्