२७ मंसिर २०८१, बिहीबार
Logo

नुवाकोटको संस्कृत माविका लागि नुवाकोट अमेरिका सम्पर्क समितिको एक लाख त्रिपन्न हजार सहयोग

नुवाकोटबाट अमेरिका गई वसोवास गर्नेहरुको संगठित सस्था नुवाकोट अमेरीका सम्पर्क समिति अमेरीकाले विदुर नगरपालिका वडा नं ५ देविघाट स्थित शहिद जगत प्रकाश जंग शाह सस्कृत माध्यामिक विद्यालयलाई रु. एक लाख त्रिपन्न हजार पाँच सय चौवालिस रुपैया सहयोग गरेको छ । सम्पर्क समितीले विद्यार्थिको खानपान र आवास को लागि सहयोग गरेको समितीका प्रचार बिभाग प्रमुख जनकराज ढुंगानाले बताउनु भयो ।

निशुल्क रुपमा नेपाल सरकार पाठ्यक्रम विकाश केन्द्रवाट निर्धारीत विषयहरुको अंग्रेजि माध्यमवाट अध्यापन गराउनु का साथै वेद वेदाङ्ग आदि विषयहरु गुरुकुल वातावरण मा आवसिय सेवा सुविधा सहित निशुल्क अध्ययन गराईरहेको सस्कृत विद्यालयले विद्यार्थिको खानपान वसोवासको लागि खर्च अभाव हुदै गए पश्चात सवै पक्षलाई सहयोगको लागि आग्रह गरेको थियो ।
याहि समय मा नुवाकोट काठमाण्र्डौ सम्पर्क समितिले केहि महिना अगाडि देखि शिक्षा दिक्षा सहयोग परियोजना शिर्षक राखि सहयोग हस्थान्तरण कार्यक्रम संचालन गरीरहेको छ । जस अन्र्तगत सस्थाले करीव २० वटा स्कुुललाई गरी लगभग रु दश लाख रकम बिद्यालयहरुलार्ई उपलव्ध गराईसकेको संपर्क समिति का सभापति विज्ञानराज खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्