१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वर गाउँपालिकाको सेवा सामुदायिक भवनबाट, बार्षिक ८ लाख बचत

नुवाकोटको तारकेश्वर गाउँपालिकाले पालिकाको प्रसासकिय सेवा अब दाङसिङ दशैडाँडा स्थित सामुदायिक भवनबाट शुरु गरेकोे छ ।
५ बर्ष भन्दा बढी समय भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले अब भने सामुदायिक भवनबाट आफ्नो सेवा सुचारु गरेको छ ।


दशैडाँडा स्थित सामुदायिक भवनबाट सेवा प्रवाह भए सगैँ पालिकाको मासिक करिब ७० हजार रुपैँया बचत हुने बताइएको छ । गाउँपालिकाले बार्षिक आठ लाख घर भाडा तिर्दै आएको थियो ।
बिहिबार एक कार्यक्रमको आयोजना गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले उक्त भवनको उद्धघाटन गर्नु भएको हो । उहाँले आम नागरिकहरुको यो सरकारसंग निकै अपेक्षा रहेको बताउँदै नागरिकहरुको काम छिटो र स्पष्ट रुपमा गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । अध्यक्ष अधिकारीले तारकेश्वर बासी नागरिकहरुलाई निष्पक्ष र भ्रष्टाचार रहित सेवा प्रवाहगर्न कर्मचारीलाई निर्देशन गर्नु भयो । कर्मचारीलाई समयमै कार्यलय आइपुग्नु अनुरोध गर्दै अध्यक्ष अधिकारीले नागरिकहरुबाट कर्मचारीको बिषयमा गुनासो आएमा आफु खरो रुपमा उत्रिने बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद रिमालले पालिकाको सेवा सामुदायिक भवनबाट सुरु भए सगैँ कार्य सम्पादनमा थप प्रभावकारीता आउने बिश्वास ब्यक्त गर्नु भयो । उपाध्यक्ष रिमालले कर्मचारी र जनप्रतिनिधी नागरिकहरुको सेवक भएको बताउदै आम जनताको पक्षमा काम गर्ने र गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
आज स्थानान्तरण भएको स्थानमा गाउँपालिका करिब २ बर्ष बस्ने बताइएको छ ।
तारकेश्वर गाउँपालिकाको कार्य सामुदायिक भवनमा सुरु भएको छ भने पालिकाको आफ्नै प्रसासकिय भवन तारकेश्वर गाउँपालिका वडा नं १ को रयलछापमा निर्माण सुरु भैसकेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्