१२ श्रावण २०८१, शनिबार
Logo

राउतबेशीमा अबिरल बर्षा सगैँ आएको पहिरोले धानबाली साखाप पार्यो, केसी कृषीफाम उच्च जोखिममा

गए राती परेको अबिरल बर्षाको कारण नुवाकोटको विभिन्न स्थानमा क्षति पुराएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको बिभिन्न वडाहरुमा बर्षाको कारण वस्ती, खेतबारी,सडक, पुललगायत मानव संसाधनमा क्षती पुगेको छ ।
दुप्चेश्वर गाउँपालिका वडा नं ३ राउतबेशीमा बर्षा सगैँ आएको बाढी तथा पहिरोले पुरेर करिब १८४ रोपनी खेती लागाइएको खेतबारी नष्ट भएको स्थानिय बिनोद नरसिंह केसिले बताउनु भयो ।


पहिरोको कारण केसीले संचालन गरेको केसी कृषि फार्म समेत अति जोखिममा रहको स्थानिय बिनोद केसीले बताउनु भयो । उहाँको फममा भएको करिब ८ सय कुखुरा, २५० साना चल्ला रहेको खोर र ४ वटा बंगरको राखीएको खोर अति जोखिममा रहको कृषक केसीले बताउनु भयो ।


बर्षाकै कारण राउतबेसीमा रहेको कौकेश्वरी माबीमा पठनपाठन अबरुद्ध हुने गरि भवन भित्र बाढी पसेको छ । स्थानियले धान रोपेको सिम्ले फाट, छाँगेपाट तथा नरसिंहफाटको रोपो बेतिनी बनबाट आएको पहिरो र बाढीले पुरेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्