१२ श्रावण २०८१, शनिबार
Logo

तत्कालअबरुद्ध बाटो र बिजुली संचालन गर्न उपसभामुख तामाङको निर्देशन

गए राती परेको अबिरल बर्षाको कारण नुवाकोटको विभिन्न स्थानमा क्षति पुराएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको बिभिन्न वडाहरुमा बर्षाको कारण वस्ती, खेतबारी,सडक, पुललगायत मानव संसाधनमा क्षती पुगेको छ ।
न्ुावाकोटमा बाढी पहिरोको कारण क्षति ग्रस्त स्थानको अवस्था बुझ्न र आवश्यक सुरक्षाको व्यवस्था गर्न संघीय सांसद हितबहादुर तामाङको टोली क्षतिग्रस्त स्थानमा पुग्नुभएको छ ।


टोलीमा प्रदेश उपसभामुख राधिका तामाङ, संविधानसभा सदस्य विमला सुवेदी, जिल्ला समन्वय प्रमुख रजिन्द्र बिक्रमसिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, नुवाकोट प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक, दुप्चेश्वर गाउँपालिका प्रमुखउपप्रमुख, वडाअध्यक्ष हरु हुनुहुन्थ्यो ।


टोलीले क्षेतीको अवस्था विपद व्यवस्थापन समितिलाई जानकारी दिएको छ । थप क्षती हुन नदिन तथा मानवीय क्षति हुन नदिन र धनमाल लगाएत अन्य भएका क्षतिको मुल्यांकन गरि तत्काल राहत तथा पुनर्निर्माणको व्यवस्था गर्ने बागमती प्रदेश उपसभामुख राधिका तामाङले बताउनु भयो । । उपसभामुख तामाङले जति सक्दो छिटो अवरुद्ध सडक संचालनका लागि पहल गर्न संवन्धित निकायलाई निर्देशन दिनु भएको छ ।
टोलीले तादि र पञ्चकन्या गाउँपालिका जोडने आप्रह पुल, सातबिसे पुल, तादी पुल र दुप्चेश्वर गाउँपालिका जोड्ने भ्याङ्ले पुल लिखु गाउँपालकाको ढिकुरे पुलको क्षती बिवरण लिएको छ ।


संघिय सांसद हित बहादुर तामाङको नेतृत्वमा गएको टोटीले दुप्चेश्वर गाउँपालिकाको बिभिन्न वडाका अबस्थाबारे जानकारी लिएको छ । दुप्चेश्वरगाउँपालिका वडा नं २ गाउँखर्कको बेप्चो गोडेगंग स्थित गोरि तामाङको घर गोठ पुर्ण रुपमा क्षतिग्रस्त भएको छ । बिस्थापित गोरि तामाङको परिवारलाई सुरक्षीत स्थानमा बदोबासको ब्यबस्था गरिएको छ भने तत्कालका लागि १५ हजार राहत प्रदान गरिएको वडा अध्यक्ष बिरबल तामाङले बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews


वडा नम्बर ४ माप्लेमा डम्बरबहादुर तामाङ र राम्रीदेबी तामाङको घरमा माथिबाट आएको पहिरोको कारण क्षेती पुगेको वडा अध्यक्ष ज्ञान बहादुर तामाङले बताउनु भयो ।


पानी अझै पनि परि रहेको हुनाले उच्च सतर्कता अपनाउन गाउँपालिकाले अनुरोध गरेको छ ।
दुप्चेश्वर गाउँपालिकाको धेरै स्थानहरुमा पहिरोको कारण यातायात तथा बिजुली अबरुद्ध छ । समुन्द्रटार झगरे गोल्फुभंज्याङ सडकमा साना ठुला गरि ५० ठाउँ भन्दा धेरै स्थानमा पहिरो गएको छ ।
त्यस्तै सयौ रोपनी खेतीबाली पहिरोले पुरेको छ ।

प्रतिक्रिया दिनुहोस्