१२ श्रावण २०८१, शनिबार
Logo

बोक्सीको आरोपमा दुरब्याबहार गर्ने ५ जना फरार

बोक्सीको आरोपमा दुब्र्याबहार गर्ने ५ जना फरार भएका छन् ।


नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदी स्थित घ्याङडाँडाकी एक महिला माथी दुब्र्याबहार गर्ने स्थानिय सुर्य बहादुर तामाङलगायत ५ जना फरार छन् । प्रहरीका अनुसार फराररहेकाहरुको खोजी गरी कानुनी कारबाही गरिने छ ।


पटक पटकको दुब्र्याबहारको साथै कुटपिट र ज्यान मार्ने धम्की समेत दिएको बताइएको छ । स्थानियहरुको यातनाको कारण पिडीत महिला २ हप्ता देखी बसिरहेको स्थान छाड्न बाध्य थिइन । आज प्रहरी , स्थानिय र जनप्रतिनिधीको सहयोगमा उनलाइ घरमा नै फर्काइएको छ । स्थानीय सरकार, प्रहरी र स्थानीय बासिन्दाले महिलालाई ससम्मान आफ्नै घरमा बस्ने वातावरण तय भएको छ भने दोषीउपर कानुनी कारबाही गरिने प्रहरीले जानकारी दिएको छ ।


घटनाको बिषयमा बुझ्न दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापा, वडा नं १ का वडाध्यक्ष सीताराम तामाङ, ईलाका प्रहरी कार्यालय खरानीटारका हवल्दार कृष्ण खत्री, समुन्द्रटार प्रहरी चौकीका हवल्दार घटना स्थलमा पुगे पछि स्थानीयको उपस्थितिमा सामाजिक मेलमिलाप र सद्भावका लागि वातावरण मिलाइएको पालिका अध्यक्ष थापाका सहयोगी भूपेन्द्र केसीले जानकारी दिनुभयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्