२९ श्रावण २०७९, आईतबार
Logo
final gp koirala advert

जिल्ला खेलकुद बिकाश समितिको अध्यक्षमा लिखु ४ का सन्तोष राई

जिल्ला खेलकुद बिकाश समिति नुवाकोटको अध्यक्षमा लिखु गाउँपालिका वडा नं ४ का सन्तोष राई चयन हुनु भएको छ ।


जिल्ला खेलकुद बिकाश समितीका अध्यक्ष बुद्धीमान तामाङ बैदेशीक रोजगारीको सिलशिलामा बिदेश गए पछि २ बर्षका लागी बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले नुवाकोट जिल्ला खेलकुद समितीको जिम्मेवारी राईलाई प्रदान गरेको हो ।
जिल्ला अध्यक्षमा राईको साथै खेलकुद विकास समितिको सदस्यमा विदुर नगरपालिका वडा नम्बर १० का सरोज तामाङ र बेलकोटगढी नगरपालिका वडा नम्बर ९ का सुमित्रा गरुङ नियुक्त हुनु भएको छ ।
खेल क्षेत्रमा निकै उचि राख्ने र प्रशिक्षकको समेत भुमिका निर्वाह गरिरहनु भएको राईको आगमन संगै नुवाकोटमा खेल क्षेत्रले फट्को मार्ने अनुमान खेलप्रेमीहरुले गरेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्