१२ श्रावण २०८१, शनिबार
Logo

अबिरल बर्षा पछिको पहिरोले बन्द भएको समुन्द्रटार रामती सडक खण्ड करिब ८ घण्टा पछि संचालनमा

दुप्चेश्वर- गए रातीको अबिरल बर्षा पछि आएको पहिरोले बन्द भएको समुन्द्रटार रामती सडक खण्ड अन्र्तगत पर्ने गोरखटोलको पहिरो हटाए पछि साना तथा ठुला सवारी आवागमन सुरु भएको छ ।


राती परेको बर्षाको कारण बाटो बन्द भए पछि बाइक तथा साना सवारी साधन गरिब ५ घण्टा रोकिएको थियो भने ठुला सवारी साधन करिब ८ घण्टा रोकिएको दुप्चेश्वर गाउँपालिकाले जनाएको छ । पहिरोको कारण गृह जिल्ला नुवाकोट र धादिङ,रसुवा ,काठमाडौँ गोरखा, लगाएत देशै भरीबाट दुप्चेश्वर महादेवको दर्शन गर्न आउने दर्शनार्थीहरु अलपत्र पत्र परेको थिए । गाउँपालिका अध्यक्ष शंकर बहादुर थापा ,उपाध्यक्ष माकुरी तामाङ, वडा नं ४ का वडा अध्यक्ष ज्ञान बहादुर तामाङ लगाएतको उपस्थीतीमा गाउँपालिकाले पहिरो पंंछाएको हो ।


सडक संचालनमा आए पछि आजै मात्र करिब २ हजार दर्शनार्थीहरुले दर्शन गरेको बताइएको छ । साउन महिनामा मात्रै करिब ३० हजार भक्तजनहरुले दुप्चेश्वर महादेवको दर्शन गर्ने अनुमान गरिएको छ । साउन महिना भरी नै मन्दिरमा भक्तालुहरुको बिशेष उपस्थिती रहेने मन्दिर ब्याबस्थापन समितीले बताएको छ ।

तस्वीर- भुपेन्द्र केसी

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्