१२ श्रावण २०८१, शनिबार
Logo

नेपाली कांग्रेस राप्रपा लगाएतको पार्टी परित्याग गरी २ दर्जन युवा माओवादी केन्द्र प्रबेश

शिवपुरी – लामो समय देखी नपाली कांग्रेस, नेकपा एमाले तथा राप्रपामा सक्रिय रहेका २ दर्जन कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रबेश गरेको नेकपा माओवादी केन्द्र शिवपुरी गाउँपालिकाले जानकारी दिएको छ ।
विकासशील तामाङ समाजका सचिव कृष्णबहादुर तामाङ र कोषाध्यक्ष जितबहादुर तामाङसहित दुई दर्जन युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।


सनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँहरुलाई माओवादी केन्द्रका नेकपा माओवादी केन्द्र शिवपुरी गाउँपालिका कमिटीका उपाध्यक्ष सुकुराम तामाङ र सचिव बिरबहादुर तामाङले स्वागत गर्नु भएको थियो ।

पार्टी प्रबेश कार्यक्रममा नव प्रबेसीहरुले अन्य पार्टीहरुले बिकाश बजेट दुरुपयोग गरेको बताएका छन् । माओवादी सरकारमा आए पछि गाउँमा विकासको लहर सुरु भएको कारण आफूहरु नेकपा माओवादी केन्द्रमा प्रबेश गरेको उनीहरुको भनाई छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्