२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

“दुप्चेश्वरको झगरे र हुपक्याल खोलामा कल्भड निर्माण हुदाँ पालिका भरी नै यातायात संचालनमा सहज भएको छ ” – अध्यक्ष थापा

दुप्चेश्वर गाउँपालिकाको वडा नं ४ को झगरे र वडा नं १ को हुपक्याल खोलामा कल्भड निर्माण हुदाँ पालिका भरी नै यातायातमा सहज भएको गाउँपालिकाले जानकारी दिएको छ ।
बिगतका बर्षहरुमा दुप्चेश्वर गाउँपालिकामा बर्षातको समयमा सबै वडामा यातायातको पहुँच पुग्न नसकिरहेकोमा यस बर्ष भने पालिका भित्रका सम्पुर्ण वडामा यातायात संचालनमा सहज बनेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर बहादुर थापाले बताउनु भयो ।


अध्यक्ष थापाका अनुसार हाल कलभड निर्माण पछि गाउँपालकाको सबै वडामा सवारी साधन आवतजावत गर्न सजिलो भएको छ ।
बिगत बर्षहरुमा समुन्द्रटार सम्म मात्रै यातायात संचालनमा रहन्थ्यो , यो बर्ष पालिकाको सक्रियतामा सबै भूगोलमा यातायात संचालन भएको छ, घ्याङफेदी र झगरेमा कल्भर्ड निर्माण गरे पछि यो संभव भएको हो । सानो लगानीमा दुइवटा कल्भर्ट बनाउदा ठूलो उपलब्धि भएको अध्यक्ष थापाको भनाइ रहेको छ । खाध्यान्न ढुवानी देखि बिरामी ओसारपसार, सुत्केरी महिलालाई अस्पताल लैजानु सहज हुनुको साथै यातायात संचालन संबन्धी धेरै समस्या समाधान भएको अध्यक्ष थापाले बताउनु भयो ।


अध्यक्ष थापाले प्रस्तुत गर्नु भएको निती तथा कार्यक्रममा नै नियमित रुपमा सबै वडाहरुमा यातायात संचालनको लागी सडकको स्तर उन्नती गर्ने, कृषी सडकहरुको स्तर उन्नती र संचालन गर्ने, बाह्रै महिना यातायात संचालनको लागी सडक मर्मत गर्नको लागी आबश्यकता अनुसार हेवी ईक्वीपमेन्टहरु संचालन गर्ने साथै भएका सबै सडकको स्तरउन्नती गर्ने तथा नया ट्रयाक सकभर नखोल्ने उल्लेख गरिएको थियो ।
यो आर्थिक बर्षभरीमा हिँउद बर्षा दुबै समयमा सहज हिसाबले यातायात संचालन गर्ने लक्ष्य रहेको अध्यक्ष थापाको भनाइ छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्