२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

बेलकोटगढी नगरपालिकाको केन्द्रमा टेलिकमले टावर निर्माण गर्ने, नगरप्रमुखको आग्रह टेलिकमद्वारा स्वीकार

नेपाल टेलिकमले बेलकोटगढी नगरपालिकाको बाघाखोरमा आगामी असोज अगाडी नै टेलिकमको गुणस्तरीय सेवा प्रबाह गर्न टावर राख्ने भएको छ ।
बेलकोटगढी नगरपालिका प्रमुख जगत बहादुर तामाङ निर्वाचित भए पश्चात गुणस्तरीय सेवा प्रबाहको निम्ति निरन्तर लागि परेका थिए । मंगलबार नेपाल टेलिकम नुवाकोटलाई पत्र लेख्दै नगरपालिकाको केन्द्र बागखोरमा टावर राख्न अनुरोध गर्नु भएको थियो ।
उहाँको पत्रलाई संवोधन गर्दै टेलिकम नुवाकोट प्रमुख प्रकाश महर्जनले आगामी दशै अगाडी टावर राख्न सहमति जनाएको नगर प्रमुख लामाको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्