१२ श्रावण २०८१, शनिबार
Logo

खोलाले बगाउदा एक जनप्रतिनिधीको मृत्यु

बेलकोटगढी नगरपालिका वडा नं १० मा रहेको बेलकोट खोलाले बगाउदा एक जनप्रतिनिधीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वेलकोटगढी नगरपालिका १२ की महिला वडा सदस्य सुकुमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जानकारी दिएको छ ।
वेलकोटगढी नगरपालिका १० मा रहेको वेलकोट खोला तर्ने क्रममा वगाउंदा ज्यान गएको हो ।
तामाङको शव उनलाई वगाएको स्थानदेखि एक किलोमिटर तल फेला परेको नुवाकोट प्रहरीले जनाएको छ ।
तामाङ गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट महिला सदस्य पदमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्