२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

“दुप्चेश्वर गाउँपालिकामा उत्पादित कोदोको लोकल रक्सीलाई ब्राण्डको रुपमा बिकाश गरिनेछ ”- अध्यक्ष शंकर बहादुर थापा

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले स्थानिय स्तरमा उत्पादित कोदोको लोकल रक्सीलाई ब्राण्डको रुपमा बिकाश गर्ने बताएको छ ।
दुप्चेश्वर गाउँपालिकाले समुदायबाट उत्पादन हुने स्थानीय जातको मदिरा ‘लोकल रक्सी’ को उत्पादन तथा बजारीकरण गर्ने निती तथा कार्यक्रम अगाडि सारेको छ ।
पालिकामा उत्पान हुने कोदोबाट लोकल जातको मदिराको उत्पादन र बजारीकरण गर्नका लागि नयाँ योजना अगाडि सारिएको गाउँपालीकाका अध्यक्ष शंकर थापाले बताउनु भयो ।
स्थानिय रक्सी नष्ट र बाहिरी रक्सी आयातको कारण मदिरामा ठूलो रकम बाहिरिएकोले स्थानिय उत्पादन बढाएर आर्थिक आर्जन र लोकल रक्सी ब्राण्डको रुपमा व्यवस्थित बनाउने लक्ष्य रहेको अध्यक्ष थापाले बताउनु भयो ।
स्थायिन उत्पादन तथा अर्गानिक रक्सी दुप्चेश्वर गाउँपालिकाको पहिचान बनाउने लक्ष्य रहेको अध्यक्ष थापाले बताउनु भयो ।
आर्थिक बर्ष २०७९ ०८० को निती तथा कार्यक्रमले पुर्वाधार बिकाश र भौतीक बिकाशको साथसाथै कृषक लक्षित कार्यक्रम ल्याएको छ । कृषी उत्पादन र पशुपालनलाई मुख्य आधार मानेको दुप्चेश्वर गाउँपालिकाले निर्वाहमुखी खेती प्रणालीलाई ब्यवसायिक तथा आधुनिकिकरण गर्ने बताएको छ ।
कृषी उपजलाई बृद्धि गर्ने लक्ष्य अनुरुप पालीकाले अलैचि ,कफी, कागती , सुन्तला लगाएतका बिरुवा प्रदान गर्ने र आबश्यक परामर्स दिने बताइएको छ । कृषी पकेट क्षेत्र घोषणा, रैथाने वाली संरक्षण, उत्कृष्ट कृषक घोषणा र पुरस्कार लगाएतको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्