१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वर गाउँपालिकाद्धारा शैक्षिक सुधारको लागी ११ करोड, ३७ लाख, ६८ हजार रकम बिनियोजन

नुवाकोटको तारकेश्वर गाउँपालिकाले गत शुक्रबार आगामी आर्थिक बर्ष २०७९ ८० को लागी निती तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद रिमालले आगामी आर्थिक बर्षको लागी ४९ करोड ८९ लाख ३३ हजार बराबरको बजेट सार्वजनिक गर्नु भएको हो ।
बिगतको बर्षहरुमा भन्दा यो बर्ष सार्वजनिक बजेटको ठुलो हिस्सा बजेट पालिकाले शिक्षा क्षेत्रमा लगानी गर्ने निती तथा कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बताउनु भएको छ ।
पालिकाले आगामी आर्थिक बर्षको लागी सार्वजनिक गरेको ४९ करोड ८९ लाख ३३ हजार बजेट मध्ये पालिकाले ११ करोड, ३७ लाख, ६८ हजार रकम शिक्षामा बिनियोजन गरेको छ ।


तारकेश्वर गाउँपालिकाको दोश्रो कार्यकालको पहिलो गाउँसभाले शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउने सजिलै आँकलन गर्न सकिन्छ । समग्र शैक्षिक गुणस्तर अभिबृद्धी गर्न बिषयगत शिक्षकको ब्याबस्थापन, बिद्यालयहरुमा कम्प्युटर, इन्टरनेट , बायोमेट्रिक हाजिरी, प्रोजेक्टरद्धारा पठनपाठन लगाएतका कार्यक्रम संचालन गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
बिद्यार्थीसंग पालिका, बिद्यालयका असल अभ्यास साटासाट कार्यक्रम, बिशेष प्रतिभा सप्ताह, एक वडा एक नमुना बाल बिकाश केन्द्र, एक बिद्यालय एक नर्स कार्यक्रमको सुरुवात गरिने अध्यक्ष अधिकारीले बताउनु भयो ।
निती तथा कार्यक्रममा एक शिक्षक एक ल्यापटप , बालविकास र विद्यालय कर्मचारीका लागि तलब वृद्धि , उपाध्यक्ष शैक्षिक छात्रवृत्ति कार्यक्रम , अध्यक्ष संग वालवालिका कार्यक्रम जस्ता रचनात्मक कार्यक्रमहरू समेत समावेश गरेको छ । एकल महिला , विपन्न दलित परिवारका सन्तानको लागि उच्च शिक्षामा छात्रवृत्ति तथा प्राविधिक धारमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक छात्रवृत्ति समेतको व्यवस्था नीति कार्यक्रम तथा बजेटले समावेश गरेको छ ।


साथै पालिका भित्रै न्यनतम मापदण्ड पुगेको बिद्यालयमा प्राबिधिक धारको पठनपाठन समेत संचालन गरिने बताइएको छ । छात्राहरुको लागी निशुल्क सेनेटरी प्याडको ब्याबस्था गरिने बताइएको छ । त्यस्तै दरबन्दी कम कम भएको सामुदायीक बिद्यालय अनुदान ब्यवस्था गरी शिक्षक थप गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
शिक्षा र शैक्षिक हिसावले केही पछाडी परेको तारकेश्वरका नागरिकहरुको शिक्षाको अबस्था सुधारको लागी पालिकाले आगामी आर्थिक बर्षमा उल्लेख्य प्रगती गर्ने अध्यक्ष अधिकारीले बताउनु भयो ।


समाजसेवा र राजनिती सगँै गरेका अध्यक्ष अधिकारीले बिगतमा पनि शिक्षा स्वास्थ्य,पर्यटन र महिला उत्थानको क्षेत्रलाई प्राथकितामा राखेर काम गर्दै आइरहेका थिए । बिभिन्न दाताहरु संग सहकार्य गरेर समाज परिवर्तन गर्न शिक्षा, स्वास्थ्य, खानेपानी, र महिला उत्थानको काम गर्दै आएको अध्यक्ष अधिकारीले आफ्नो पहिलो बजेटमा शिक्षा सुधारको लागी निकै मोटो रकम बिनियोजन गरेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

तारकेश्वर गाउँपालिकाको निती तथा कार्यक्रम हेर्न तलको लिंक खोल्नुहोस ।

प्रतिक्रिया दिनुहोस्