२१ मंसिर २०८१, शुक्रबार
Logo

तारकेश्वर गाउँपालिकामा निशुल्क हटलाईन सेवा सुरु

तारकेश्वर गाउँपालीकाले २४ घण्टा निशुल्क हटलाइन सेवा आजबाट सुरु गरेको छ ।
नुवाकोटको तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अबिरलले बिहीबार देखि हटलाइन सेवाको शुभारम्भ गरेको बताउनु भयो ।
गाउँपालिकाले २४ सै घण्टा हटलाइन सेवा दिन कर्मचारीको व्यवस्था गरेको छ ।

गाउँपालीका अध्यक्ष अधिकारीले जनप्रतिनिधी तथा पालिकाप्रति आफ्ना गुनासा वा सल्लाह सुझाब भएमा टिपाउन नागरिकहरुलाई अनुरोध गर्नुभयो ।
अध्यक्ष अधिकारीका अनुसार गाउँपालिका भित्र एम्बुलेन्स, प्रहरीसेवा जस्ता अत्यावश्यकीय सेवा लिन पनि हटलाइनको प्रयोग गर्न सकिने छ । जनताको सल्लाह सुझाब संकलन गर्ने र जनगुनासोलाई कदर गर्दै जनताका समस्या तत्काल समाधान गर्ने उद्देश्यले हटलाइन सेवा सुरु गरिएको हो । हटलाइन सेवाका लागि टोल फ्री नम्बर १६६००१४५२२२ दिइएको छ ।

तारकेश्वर गाउापालीकाका नागरिकहरुले यो नम्बरमा चौबिसै घण्टा फोन गर्न सक्ने छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्