१२ श्रावण २०८१, शनिबार
Logo

मानब अधिकारकालागी महिला एकल महिला समुहद्धारा बिदुरका प्रमुख-उपप्रमुखलाई बधाई ज्ञापन

मानब अधिकारका लागी महिला एकल महिला समुह नुवाकोटले बिदुर नगरपालीकामा नव निर्वाचित प्रमुख तथा उपप्रमुख स्वागत तथा बधाईज्ञापन गरेको छ ।


नगर प्रमुख राजनलाल श्रेष्ठ तथा उपप्रमुख प्रभा बोगटीको कार्यकक्ष मै स्वागत तथा बधाइ ज्ञापनको लागी पुग्नु भएका मानब अधिकारका लागी महिला एकल महिला समुह बागमती प्रदेश अध्यक्ष देबकी पौडेलले एकल महिलाहरुको हक हित तथा जिबिकापार्जनको लागी एकल महिलाहरुको क्षेत्रमा बजेट बिनियोजन गर्न आग्रह गर्नु भएको छ । एकल महिलाहरुको सिप बिकाशमा जोड दिन आगामी बजेटमा सम्बोधन गर्न नब निर्वाचित नगर प्रमुख श्रेष्ठ र उप प्रमुख बोगटीलाई आग्रह गर्नु भयो ।


कार्यक्रममा सस्थाका तर्फबाट सचिव रुपा थापा,कोषाध्यक्ष शान्ती प्रधान लगाएतको उपस्थीती रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्