लाङटाङ दूत अशोक सिलवाल अब ‘गाउँ पर्यटन’ सल्लाहकार
लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च-नेपाल (भिटोफ) ले सल्लाहकार नियुक्त गरेको छ । पत्रकारिता र पर्यटनमा उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले मानव विहीन बनेको लाङटाङमा पहिलो पत्रकारको रुपमा पैदलै त्यहाँ पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए । टुर-ट्रेकिङ गाइडिङमा समेत सक्रिय उनी पदयात्रा प्रशिक्षक समेत हुन् ।
‘कलम’, ‘लेखक दुनियाँ’ र ‘श्रीलंका स्मृति’ उनका प्रकाशित कृति हुन् । पछिल्लो समय सिलवाल प्रकृति र संस्कृतिका सामान्य ठानिएका विषयलाई आधार बनाएर मानव जीवनलाई उज्यालो बनाउने उद्धेश्य सहित सुरु गरिएको कखरा माध्यम प्रा.लि. संचालन गर्छन् ।
प्रतिक्रिया दिनुहोस्