१२ श्रावण २०८१, शनिबार
Logo

दुइ दिने स्वास्थ्य शिबिर सम्पन्न,शिविरमा ८ सय ५८ जना नागरिकहरु सहभागी

लायन्स क्लब अफ काठमाण्डौ वन्डर उमन तथा काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आयोजनामा कोलनीमा दुइ दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बिदुर नगरपालीका वडा नं ९ स्थित भैरुम माध्यामिक बिद्यालयको प्राँगणमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा ८ सय ५८ जना नागरिकहरुले स्वास्थ्य सेवा लिगेका छन् ।


सिबिरमा ५ सय एक जना महिला र ३ सय ५७ पुरुष सहभागी थिए । सिबिरमा निशुल्क ल्याब सेवा, इसिजी सेवा, भिडियो एक्सरे सेवा र निशुल्क औसधी बितरण गरिएको आयोजकले जानकारी दिएको छ ।

सिबिरमा जनरल मेडिसिन,सामान्य सल्यक्रिया, नाककान घाँटी रोगको उपचार, हाडजोर्नी तथा नशा रोगको उपचार, आँखा परिक्षण र दन्त उपचार लगाएतका बिभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको लायन्स क्लब अफ काठमाडू वन्डर उमनका चाटर प्रेसिडेन्ट मेघा तिमल्सीनाले बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्