१३ मंसिर २०८०, बुधबार
Logo
final gp koirala advert

बेलकोटगढीमा जसपाका उम्मेदवार तिमल्सिनाको उमेदवारी फिर्ता,गठबन्धन झनै बलियो भएको दावी


स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिकामा जनता समाजबादी पार्टी (जसपा) ले नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका संयुक्त उमेदवार जगत बहादुर तामाङलाई सहयोग गर्ने भएको छ ।
जनता समाजबादी पार्टी (जसपा) को तर्फबाट बेलकोटगढी नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार कृष्णराज तिमल्सिनाले आज उमेदवारी फिर्ता लिएका छन् ।


जनता सबाजबादीका उमेदवार तिमल्सिनाले प्रमुख पदबाट नाम फिर्ता लिए सङ्गै गठबन्धन थप बलियो बनेको नेताहरूले बताएका छन ।
त्यसैगरी बेलकोटगढी नगरपालिका वडा नम्बर ९ का वडा सदस्यका उम्मेदवार मिलन तामाङ र लिलानाथ गजुरेलले समेत उम्मेदवारी फिर्ता लिएको जसपाका बागमती प्रदेश समिती सदस्य केशब पुडासैनी कैलासले बताउनु भयो ।


कृष्ण राज तिमल्सिना, मिलन तामङ र लिलानाथ गजुरेलले उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई समर्थन गरेपछी नगरप्रमुख पदका उमेदवार जगत लामा झनै बलियो भएको जसपा नेता केशव पुडासैनी कैलाश बताउछन ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्