१२ श्रावण २०८१, शनिबार
Logo

कृपया यस्ता उम्मेदवारलाई भोट नहालौँ ।

किरण तिम्सेना – एनजिओ आइएनजिओ को साहुलाइ भोट नहालौँ
स्वास्थ्यचौकीबाट निशुल्क उपलब्ध गराइने औषधि खरिद गर्दा
हिनामिना गरेकाहरुलाइ भोट नहालौँ
कोभिडको समयमा आइसोलेसन वार्डमा
भट्टि चलाउन अनुमती दिनेहरूलाई भोट नहालौँ ।।

२० रुपैयाँको मास्कलाइ ९०० रुपैयाँमा
खरिद गर्नेहरूलाई भोट नहालौ!
सामान्य सिफारिस माग्दा
५ दिन झुलाउनेलाइ भोट नहालौँ ।
म्यानपावरको दलाललाई भोट नहालौँ
भन्सारको तस्करलाइ भोट नहालौँ
निजि मेडिकल÷अस्पताल संचालकहरुलाइ भोट नहालौँ
चन्दा उठाएर जिविका चलाएकाहरुलाइ भोट नहालौँ
डोजर साहु र तस्करहरुको बाउलाइ भोट नहालौँ । ।

गाई गोरु तस्करीमा बिशेषज्ञता हासिल गरेकाहरुलाइ भोट नहालौँ
आफ्नो सन्तानलाई सरकारी स्कुल÷क्याम्पसमा नपढाउनेहरुलाइ भोट नहालौँ
कोभिडको भ्याक्सिनमा कालोबजारी गरेकाहरुलाइ भोट नहालौँ
प्राकृतिक प्रकोपमा घरभित्रै लुकेर बसेका निकम्माहरुलाइ भोट नहालौँ
पुरातात्विक महत्वका सम्पदाहरु जोगाउन पहल नगरेकाहरुलाइ भोट नहालौँ ।

बस्तीको फोहोर ब्यबस्थापन गर्न नसक्नेलाई भोट नहालौँ
५बर्षमा ५ मिटर ढल ब्यबस्थापन गर्न नसकेकाहरुलाइ भोट नहालौँ
कर्मचारी तह लगाएर बिधिपुर्वक कार्यसम्पादन
गर्ने क्षमता नभएकाहरुलाइ भोट नहालौँ

Shivapuri rural municipality awareness message jalapanews

नक्कली मार्कसिट बोकेर शैक्षिक योग्यता मास्टर डिग्री हो भन्दै
फलाक्दै हिड्ने टेस्ट फेल लठैतहरुलाइ भोट नहालौँ
युवा स्वरोजगारको पैसा हुक्के चिलिमेहरुलाइ बाडेर
सिध्याएकाहरुलाइ भोट नहालौ!

एक गेडो अन्न उत्पादन नहुने ठाउँहरुलाइ
पकेट जोन घोषणा गर्दै करोडौं बटुलेकाहरुलाइ भोट नहालौँ
सरकारी गाडीको पार्टपुर्जा बेचेर खल्ती भर्नेलाइ भोट नहालौँ
५ बर्षमा ५ वटा सार्बजनिक शौचालय नबनाएकाहरुलाइ भोट नहालौँ
बिजुलीको तार र खानेपानीको पाइपमा हिनामिना गर्नेलाइ भोट नहालौँ ।।

हुण्डीको साहुलाइ भोट नहालौ!
सडक निर्माण गर्दा निस्किएको लाखौं मुल्यबराबरको
ढुङ्गा बेचेर घडेरी जोड्नेलाइ भोट नहालौ!

नन्दी,भृङ्गी बोकेर गाउँ चहार्ने,
उरन्ठेउला बेरोजगार खोजेर भोज लगाउदै हिड्ने
टिकट किन्न खर्च गर्नेदेखि भोट किन्न
पैसाको खोलो बगाउनेहरुलाइ भोट नहालौँ ।

इन्धन खर्चको नाममा पेट्रोल पम्पसंग
मिलेमतोमा बिल बनाउनेहरुलाइ भोट नहालौ!
टुरिष्ट उम्मेदवारलाई भोट नहालौँ
जनताले कर तिरेको पैसाले फाइभ स्टारमा
बसोबास गर्नेहरुलाइ भोट नहालौँ ।

पर्यटन प्रबर्द्धनको नाममा युट्युबरलाई बोलाएर डकुमेन्ट्री बनाउने बहानामा लाखौ हिनामिना गरेकाहरुलाइ भोट नहालौ!
बिद्यालय ब्यबस्थापन समितिको नाममा बिध्यालय नै बन्धक बनाएर ब्रह्मलुट मच्चाउनेहरुलाइ भोट नहालौ!
डमि उद्यमी खडा गरि राज्यको ढुकुटीबाट विभिन्न शिर्षकमा
अनुदान लिएर मिलिजुली खल्ती भर्नेहरुलाइ भोट नहालौ!

डोजरे बिकासको प्रबर्द्धन गर्नेहरुलाइ भोट नहालौ!
बोर्डिङ स्कुलको संचालकलाइ भोट नहालौ!
क्रसर को साहुलाइ भोट नहालौ!
फलानो,ढिस्कानो पार्क बनाउने भन्दै उपभोक्ता समितिबाट दाम कुम्ल्याउनेहरुलाइ भोट नहालौ!
५ बर्ष सत्तामा बस्दा ५ वटा घडेरी,२ वटा घर र ३ वटा श्रीमति बनाएकाहरुलाइ भोट नहालौँ
दुई दिन डोजर चलाएको तर बिल चै ७४ घन्टाको पेस गर्नेलाइ भोट नहालौँ ।
कहिले राप्रपा,कहिले काङ्ग्रेस,कहिले एमाले त कहिले माओवादी चहार्दै हिड्नेलाइ भोट नहालौँ ।

सडक ग्राभेलिङको लागी बजेट छुट्याएर
रातो माटो मात्रै हालेर अस्तब्यस्त बनाउनेलाई भोट नहालौँ
बिहान उठेदेखी बेलुका नसुतेसम्म भट्टीमा
खोयाबिर्के तन्काउनेलाइ भोट नहालौँ ।

काठ तस्करलाइ भोट नहालौ!
गुन्डागर्दी गरेर पेट पालेका हरुलाइ भोट नहालौ!
जस्तापाता चोरलाइ भोट नहालौ!
पत्रकारिताको नाममा हप्ता असुल्नेहरुलाइ भोट नहालौ!
ट्रेड युनियनको नाममा मजदुर लुटि खानेहरुलाइ पनि भोट नहालौ!
नीतिगत भ्रष्टाचार गराई संलग्न कर्मचारीलाई
पुरस्कार स्वरूप भन्सारतिर सरुवा गराउनेहरुलाइ मतदान नगरौं

अभिव्यक्ति स्वतन्त्रताका विरोधीहरूलाई भोट नहालौ!
सक्षम युवाहरु हुदाहुदै ल्याप्चेहरूको प्यानल बनाउनेलाई भोट नहालौ!
फरक विचार सुन्नै नसक्ने उम्मेदवारलाई भोट नहालौ।
कृषि अनुदान दिलाउन कार्यकर्ताहरूको
कृषि सहकारी गठन गराउने उम्मेदवारलाई भोट नहालौ।
कृषि सामग्री अनुदान दिने निहुँमा २ गुणा बढी मुल्यमा खरिद गरि भ्रस्टाचार गर्नेलाइ भोट नहालौ!

एम्बुलेन्स किन्न पैसा निकासा गरेर
क्यासिनो जाने डाम्नाहरुलाइ भोट नहालौ!
कोभिडपिडितको लागी आइसोलेसन वार्ड बनाउन राज्यकोषबाट आएको पैसाले कुखुराको खोर बनाउनेहरुलाइ भोट नहालौ!
भुकम्पपीडितको नाममा आएको पैसा खानेलाइ भोट नहालौ!

मानव तस्करलाइ भोट नहालौ!
जग्गा दलाललाई भोट नहालौ!
५ बर्षमा भ्युटावर मात्रै बनाएकाहरुलाइ भोट नहालौँ

५ बर्षमा ५ महिना पनि राम्रोसँग कार्यालय नबसेका
र रिबन काट्नमात्रै दौडिएकाहरुलाइ भोट नहालौ!
५बर्षमा ५ भिन्दाभिन्दै शिर्षकमा
राज्यको अनुदान लिएर बियर पार्टी गर्दै हिडेकाहरुलाइ भोट नहालौ!

५बर्षमा एउटै उपभोक्ता समितिको नाममा
५ पटक बजेट पास गरेर भात खाएकाहरुलाइ भोट नहालौ!
५ बर्षमा सरकारी बाइक÷गाडी बेचेर खाएकाहरुलाइ भोट नहालौँ
५ बर्षमा ५ वटा सिचाइको आयोजना
पूरा गर्न नसकेकाहरुलाइ भोट नहालौ!

५पटक परिक्षा दिदा पनि एसएलसी पास गर्न
नसकेकाहरुलाइ भोट नहालौ!
५ बर्षमा ५०० भन्दा धेरै अनियमितताको चाङ
लगाएकाहरुलाइ भोट नहालौ!

५ बर्षअगाडी पनि टिकट किनेका र अहिले पनि टिकट किनेरै भोट माग्न हिडेका लठैतहरुलाई भोट नहालौ!
५ बर्षमा २५ ठाउँमा सार्बजनिक
जग्गा बेचेर कमाएकाहरुलाई भोट नहालौ!
५ बर्षमा ५ वटा डोजर र ५० वटा ट्रकको साहुजी
हुन सफलहरुलाइ भोट नहालौ!

५ बर्षमा ५ ठाउँमा वाइफाइ÷ईन्टरनेट
पुर्याउन नसकेकाहरुलाइ भोट नहालौ!
५ बर्षमा ५० करोड बराबरको बालुवा
तस्करी गरेकाहरुलाइ भोट नहालौ!

५ बर्षमा ५०० भन्दा बेसि नक्कली उपभोक्ता समिति बनाएर
ब्रम्हलुट गरेकाहरुलाइ भोट नहालौ!
५ बर्षमा ५० औ जनाको वृद्धभत्ता लुटेर खाएकाहरुलाइ भोट नहालौ!
५ बर्षमा ५ वटा स्वास्थचौकीको गुणस्तर सुधार्न
पहल नगरेकाहरुलाइ भोट नहालौ!

५ बर्षमा ५ वटा विद्यालयको गुणस्तर सुधार्न
नसकेकाहरुलाइ भोट नहालौ!
५ बर्षमा ५ वटा उध्योग खोल्न पहल नगर्नेलाई भोट नहालौ!
५ बर्षमा ५०० जनालाई रोजगारी दिन असफललाई भोट नहालौ!
५ बर्षमा ५ किलोमीटर बाटो कालोपत्रे नगर्नेलाई भोट नहालौ!
त्यसैले फेरि तस्करी,फेरि भ्रस्टाचार,फेरि बेरुजु,फेरि अनियमितता÷निकम्मापन सहनु भन्दा त नाइस टु मिट यु गर्नुपर्छ

प्रतिक्रिया दिनुहोस्