६ चैत्र २०८०, मंगलवार
Logo
final gp koirala advert

बिदुर नगरपालिकामा जनता समाजबादी पार्टी (जसपा)कोे प्रमुख उप–प्रमुख सहित २ वडा अध्यक्ष र एक खुल्ला सदस्यको उमेदवारी

जनता समाजबादी पार्टी (जसपा) ले बिदुर नगरपालिकामा रमेश सुनारलाई नगर प्रमुखको रुपमा उम्मेदवार बनाएको छ, उप–प्रमुखमा लिलुमाया तामाङ, वडा नम्बर ९ को अध्यक्षमा राम सुर्खेती, वडा नम्बर १२ मा भिमबहादुर तामाङ र वडा नम्बर ७ को खुला सदस्यमा नोमन तामाङलाई उम्मेदवार बनाएको छ ।
संघियता, सुशासन, समृद्धि र पहिचान भन्ने नाराका साथ संगठन निर्माणमा लागेको जसपाले बिदुर लगाएत अन्य पालिकामा पछिल्लो समय आक्रामक रुपमा संगठन बनाएको जसपाले केन्द्रिय रुपमा ५ दलिय गठबन्धन गरे पनि नुवाकोटमा भने एकल उम्मेदवार खडा गरेको हो ।


बिदुर नगरपालिकाको मेयरमा उमेदवार बनेका सुनार समाजमा स्थापित नेताको रुपमा रहेकाले नगरमा सम्मानजनक मत आउने बिश्वास गरिएको वडा नम्बर ९ का अध्यक्षको उम्मेदवार राम सुर्खेती बताउँ छन ।

प्रतिक्रिया दिनुहोस्