६ जेष्ठ २०७९, शुक्रबार
Logo
final gp koirala advert

तारकेश्वरमा राप्रपा को तर्फबाट अध्यक्षमा अधिकारी उपाध्यक्षमा रिमाल सहित ६ वटै वडामा उमेदवारी

रास्ट्रीय प्रजातन्त्र पार्टी (राप्रपा ) तारकेश्वरले स्थानीय तह निर्वाचनमा गाउँ पालिका अध्यक्ष, उपाध्यक्ष सहित पालिकाको सम्पुर्ण वडामा उम्मेदवारी दिएको छ ।
दिपक अधिकारी अध्यक्ष र शुभद्रा रिमालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन ।


वडा अध्यक्षका उम्मेदवार हरुमा वडा नम्बर १ मा रामशरण खनाल, २ मा अमृत थापा मगर, ३ मा सुन्दर तामाङ, ४ मा वलराम पुडासैनी, ५ मा धुम्बे लामा र वडा नम्बर ६ मा जित बहादुर तामाङलाई वडा अध्यक्षको उम्मेदवार बनाएको हो ।

Shivapuri rural municipality awareness message jalapanews


पछिल्लो समय स्थानीय तह हरुमा भ्रस्टाचार एवं कुसाशन मौलाएको भन्दै राप्रपाले भ्रस्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो भन्दै आएको छ । टिकट लिने समय मै उम्मेदवारहरुलाई भ्रस्टाचार नगर्ने कसम खुवाएर मात्रै टिकट बितरण गरेको राप्रपा नेताहरुले बताएका छन् । ।

राप्रपाका अधिकांश उमेदवारहरु युवा रहेको कारण ठुला पार्टीहरुलाई यो निर्वाचनले अपत्यारिलो घाटा लाग्ने देखीएको छ ।

प्रतिक्रिया दिनुहोस्