१२ श्रावण २०८१, शनिबार
Logo

बूढानीलकण्ठ-१३ का वडा अध्यक्ष उम्मेदवार टीका नारायण श्रेष्ठको अभियान : संस्कारयुक्त शिक्षा प्रदान

-चिरञ्जीवी नेपाल काठमाडौँ, वैशाख १४ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बूढानीलकण्ठ नगरपालिका वडा नं १३ को वडा अध्यक्षमा टीका नारायण श्रेष्ठ मनोनीत भएका छन् । वडाध्यक्षमा मनोनीत श्रेष्ठ नेकपा एमाले बूढानीलकण्ठ नगर वडा नम्बर १३ का इकाइ अध्यक्ष समेत हुन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं १३ बाट अध्यक्ष उम्मेदवार टीका नारायण श्रेष्ठ जनताको सेवामा निकै सक्रिय समाजसेवी हुन् । बूढानीलकण्ठ नगरपालिका वडा नं १३ लाई नमुना वडा बनाउने अभियानमा रहेका श्रेष्ठ कोरोना सङ्क्रमणको विषम परिस्थितिमा पनि पूर्वाधार र सामाजिक विकासमा निरन्तर सक्रिय रहेका छन् ।

वडा नं १३ मा ठुला र साना दुवै किसिमका पूर्वाधार निर्माणमा पहल गरेका उनले सामाजिक विकासका लागि पनि दर्जनौँ कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।

Shivapuri rural municipality awareness message jalapanews

उनकै पहलमा वडा नम्बर १३ को ढल व्यवस्थापन, सडक मर्मतजस्ता कार्यहरू सम्पन्न भएका छन् । गुणस्तरीय र व्यावहारिक मात्र नभई संस्कारी शिक्षा चाहिन्छ भन्ने अवधारणा लिएका श्रेष्ठ वडाका लागि दरिलो उम्मेदवारका रूपमा गनिएका वडाबासीहरूले बताएका छन् । श्रेष्ठको व्यक्तिगत खर्चमा करुणामाई मन्दिर, टुसालद्वार र माथिल्लो गणेश मन्दिरमा करिब २ लाख रुपैयाँ खर्च गरेर रङ्गरोगन समेत गरिएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा मनोयनमा परेका श्रेष्ठले यस अघि पनि आफ्नो व्यक्तिगत खर्चमा विभिन्न सामाजिक र विकास निर्माणका काम गर्दै आएका छन् ।

त्यस्तै, वडामा सामाजिक विकासका लागि महिला ,जेष्ठ नागरिक ,युवा लक्षित विभिन्न कार्यक्रमहरू गरेको वडा नं १३ ले स्थानीय जात्रा तथा पर्वहरूको संरक्षण, सञ्चालन र प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखेको छ । स्वास्थ्य सेवा सबैका लागि, हाम्रो अभियान संस्कारयुक्त शिक्षा प्रदान, आफ्नो गाउँ आफैँ बनाऔँ, नेकपा एमालेको नारा “एक घर – एक धारा“, सूचनामा सहजता आजको आवश्यकता, सफल व्यावसाय– कृषि समूदाय, सुरक्षा र अधिकार समान भागिदार, जेष्ठ नागरिकको सम्मान सभ्य नागरिकको पहिचान, हाम्रो संस्कृति हाम्रो पहिचान, वातावरण तथा पर्यटन; “जनताको वन जनताकै धन“ जस्ता अवधारणा र नारालाई श्रेष्ठले व्यवहारमा उतार्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

श्रेष्ठले वडा नम्बर १३ स्थित कौडोल, गाम्चा, पुखुचा, चुनिखेल, माथिल्लो टुसाल, सापाटार, तल्लो टुसाल, जगडोल, टुपेक, टुपेक नयाँ बस्ती, भुटिन चोक लगायतका क्षेत्रमा विकासको ठोस खाका तयार पारेका छन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं १३ ले विभिन्न स्थानमा रहेका बाटोहरूको नक्साङ्कन गर्दै ढुङ्गा छाप्ने र विस्तार गर्ने कामलाई पनि तीव्रता दिएको छ भने आगामी दिनमा पनि वडाबासीहरूको माग र हितलाई केन्द्रमा राखेर योजना निर्माण गरेको छ।

प्रतिक्रिया दिनुहोस्