१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटको पञ्चकन्या गाउँपालिकाको केन्द्रमा बैंक स्थापना

नुवाकोटको पञ्चकन्या गाउँपालिकाको केन्द्रमा लामो समय पछि बैंक स्थापना भएको छ । गाउँपालिकाको अस्थायी कार्यालयमा एन आई सी एसिया बैंकको स्थापना गरिएको हो ।
बैकको उद्घाटन कार्यक्रलाई सम्बोधन गर्दै गाउँपालिकाकोे अध्यक्ष तेज बहादुर तामाङ रमेशले पंचकन्या गाउँपालिकाका सबै नागरिकहरुले सर्वसुलभ सेवा पाउनेमा आफू ढुंक रहेको बताउनु भयो । सदर मुकाम केन्द्रित सेवा गाउबाटै दिने र सदरमुकाम धाउनु पर्ने बाध्यात्मक परिस्थितीको अत्य भएको समेत अध्यक्ष तामाङले बताउनु भयो ।
राष्ट्रबैंकले प्रत्येक स्थानीय तहमा निजि या सरकारी बैंक स्थापना गरि सेवाग्राहीलाई सेवा प्रबाह गर्ने निती अनुसार नै पालिकाको केन्द्रमा बैंक स्थापना गरिएको हो । गाउँ मै बैक स्थापना पछि स्थानिय नागरिकहरु निकै हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्