२२ मंसिर २०८१, शनिबार
Logo

तारकेश्वरमा निर्वाचन अधिकृतको कार्यलय स्थापना, निर्वाचन शान्तीपुर्ण रुपमा सम्पन्न गर्न अधिकृत भण्डारीको दलहरुलाई आग्रह

स्थानिय निर्वाचन २०७९ सम्पन्न गर्न नुवाकोटको तारकेश्वर गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यलय स्थापना भएको छ । बिहिबार सम्पन्न सर्बदलिय बैठकको क्रममा कार्यलयको स्थापना भएको हो ।


तारकेश्वर गाउँपालिकाको स्थानिय निर्वाचन सम्पन्न गर्नको लागी खटिनु भएको निर्वाचन अधिकृत जीवन कुमार भण्डारीले निर्वाचन स्वच्छ र निस्पक्ष गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
निर्वाचन अधिकृत भण्डारीले सर्बदलिय बैठकको क्रममा आचारसंहिता अनुसार निर्वाचनमा लाग्न आग्रह गर्नु भएकोको छ । उहाले स्वच्छ र भय रहित निर्वाचन गराउनमा सघाउन सबै राजनितीक दल संग आग्रह गर्नु भयो । निर्वाचन आचारसंहिता बिपरित कार्य गरेमा प्रचलित कानुन बमोजिम तत्कालै कारबाही गरिने समेत सबै दलका नेताहरुलाई जानकारी दिनु भयो ।


बैठकमा नेकपा एमालेका तारकेश्वर गाउँकमिटीका अध्यक्ष केशव प्रसाद घिमिरे , नेपाली काँग्रेसका पालिका सभापती केशव अर्याल, नेकपा माओवादी केन्दका गाउँपालिका कमिटी अध्यक्ष सोम बहादुर तामाङ, नेकपा एकिकृत समाजवादीका नेता शिव देबकोटा , राजेश घिमिरे, राप्रपा कि नेत्तृ शुभद्रा रिमाल, जनता समाजवादी पार्टीका प्रतिनिधी लगाएतको उपस्थीती रहेको थियो ।


सबै पार्टीका नेताहरुले निर्वाचन आचारसंहितामा रहि निर्वाचन सफल बनाउन लागी पर्ने बताएका छन् ।
नपाली काँग्रेसका सभापति केशब अर्यालले निर्वाचनको समयमा राज्यको सम्पती दुरुपयोग हुनेमा आशंका ब्यक्त गर्दै स्थानिय सरकारले प्रयोग गर्ने सवारी साधान तथा पुर्व निर्धारित कार्यक्रम बाहेक अन्य सबै काम रोकिनु पर्ने तर्क राख्नु भएको छ ।
नेकपा माओवादी केन्द्रका पालिका कमिटी अध्यक्ष सोम बहादुर तामाङले निर्वाचन आचारसंहितामा रहि निर्वाचन धाधली रहित सम्पन्न गर्न नेकपा माओवादी केन्द्र लागी पर्ने बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्