११ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

“निष्ठाको राजनिती गर्नेले नेत्रृत्व पाउनु पर्छ ”-बुद्धि बहादुर प्रधान

जिल्लाको बिदुर नगरपालिका नुवाकोट भित्रको आन्तरिक राजनीतिमा सधैँ चर्चा र चासोले हेरिने गर्दछ । सरकारले घोषणा गरेको स्थानीय निर्वाचनको मिति नजिकिएसँगै बिदुर नगरपालीकामा प्रमुख र उपप्रमुखको उमेदवार छान्नै नेकपा एमालेलाई सकस परेको छ । राजनितिमा लामो समय सम्म संघर्ष गरेका नेताहरुको चर्को दावी रहेको कारण बिदुर नगरकमिटीले आज पनि उमेदवारको टुंगो लागाउन सकेन ।
उमेदवारी दर्ता गर्ने समय नजिकिदै गर्दा नगरकमिटीले उमेदवार टुंगो लगाउन नसके पछि सो नाम लिष्ट नेकपा एमाले बागमती प्रदेस कमिटीमा पठाइने नगर कमिटीका एक नेताले जानकारी दिए ।


बिदुर नगरपालिकाको प्रमुखको रुपमा बाहालवाला नगर प्रमुख संजु पंडित , ठाकुर गजुरेल, बुद्धि प्रधान, गणेश श्रेष्ठ,रामकृष्ण खड्का, नारायण घिमिरे, रामहरि अधिकारी ,शिबकुमार चित्रकार , अनुज कुमार श्रेष्ठ र देबचन्द्र भट्टले मेयर दावी गरेका छन् ।


यी १० मेयरका आकांक्षि मध्येका एक आकांक्षि हुन बिदुर नगरपालीका वडा नं ४ निवासी बुद्धि बहादुर प्रधान । उनी यो स्थानिय निर्वाचनमा नेकपा एमालेले आफूलाई नगर प्रमुखको उमेदवारको जिम्मेवारी दिएमा ५ दलिय गठबंधनलाई जित्ने बताउछन् । २०६० साल देखी नेकपा एमालेका पुर्णकालिन कार्यकर्ता भएर काम गरेका प्रधानका अनुसार अब पार्टीले जनतामाझ आफूलाई पठाउनु पर्ने बताउछन् ।
सालिन र भद्र स्वाभावका प्रधानले यो निर्वाचनको समयमा नेकपा एमालेले आफूलाई टिकट दिनु पर्ने बिभिन्न आधारहरु रहेको बताएका छन् । ४ दशक भन्दा लामो समय पार्टीको बिभिन्न खाले आन्दोलन , संगठन निर्माण लगाएतमा आफ्नो समय लगानी गरेको नेता प्रधानले बताए । उनले भने “निष्ठाको राजनिती गर्नेले नेत्रृत्व पाउनु पर्छ । ” ५ दलिय गठबंधनसँग जुध्न बलियो ,इमान्दार र स्वच्छ छवी भएको नेताको खाँचो रहेको नेता प्रधानले जानकारी दिए । नेता प्रधानले संकटको यो अबस्थामा आफू जति बलियो उमेदवार अरु नभएको बताएका छन् । २०४९ साल देखीको बिदुर नगरपालीकामा नेकपा एमालेको बिरासत जोगाउन बलियो र निस्कलंकित ब्यक्तीको आबश्यक रहेको नेता प्रधानको भनाई छ ।

Shivapuri rural municipality awareness message jalapanews

२०३८ साल देखी बिद्यार्थी राजनितीबाट सुरु गरेको यात्राले करिब ४१ बर्ष सम्म निरन्तर पार्टीको हरेक कृयाकलापमा सघाएको बताउदै नेता प्रधानले आफूले यो पटक भने अरुको लागी टिकट नछाड्ने नै बताएका छन् ।
नेता प्रधानले २०३८ मा बिद्यार्थी राजनिती, २०४८ मा प्रजातान्त्रीक राष्ट्रिय युवा संघको नगर सदस्य, २०५६ मा नेकपा एमाले नुवाकोट काठमाडाँै सम्र्पक मंच तत्कालिन क्षेत्र नं३ को अध्यक्ष , २०५९ मा नेकपा एमाले नुवाकोट काठमाडाँै सम्र्पक मंच नुवाकोट जिल्ला सहसचिव, २०६० सालमा नुवाकोट एमाले जिल्ला कमिटी सदस्यको जिम्मेवारी बहन गरि सकेका छन् ।


उपसचिव ,सचिव हुदै हाल उनी नेकपा एमाले नुवाकोट जिल्लाका उपाध्यक्ष छन् । पार्टीले दिएको सबै खाले जिम्मेवारी पुरा गरि सकेको बताउदै उनले अब नागरिक माझ आफूलाई परिक्षण गर्ने समय आएको बताएका छन् । बिदुर लगाएत नुवाकोट जिल्लाकै भुगोलको राजनितीमा आफू सक्रिय रहेकोले सबै नागरिकहरुको साथमा आउनेमा उनी आशाबादी छन् ।

प्रतिक्रिया दिनुहोस्