१२ श्रावण २०८१, शनिबार
Logo

पंचकन्या गाउँपालिकाको अध्यक्षमा तेजबहादुर तामाङ ‘ रमेश’को उमेदवारी

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै नुवाकोटमा सरगर्मी बढ्न थालेको छ । १० गाउँपालिका र २ नगरपालिका रहेको नुवाकोटमा आगामी स्थानीय तहको निर्वाचनका लागि ५ दलिय गठबन्धनले उमेदवार छान्न कडा मिहनेत गर्नु परेको अबस्था छ ।
गठबन्धन दलले तयार गरेको बिभिन्न आधार मध्ये बिगतको निर्वाचनमा जुन दलले जितेको स्थानियतह हो, उही पालिका संबन्धीतले नेतृत्व गर्न पाउने भए पछि पंचकन्या गाउँपालिकाको नेत्रृत्व पुन तेज बहादुर तामाङ रमेशको हातमा परेको छ ।
पंचकन्या गाउँपालिका नुवाकोटका बिकट पालिका मध्येको एक अति नै बिकट पालिका हो । ५ बर्षको अबधिमा तेज बहादुर तामाङ रमेश नेत्रृत्वको सरकारले उल्लेख्य प्रसंसा योग्य काम गरेको स्थानियहरुको भनाई छ । अन्यपार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुले नै तेजबहादुर तामाङ रमेशको बिकल्पमा पंचकन्यामा अरु कोही नेता नरहेको दावी गरेका छन् ।

जनताको समस्या र गाउँको बिकाश प्राथमिकतामा राख्ने तामाङले भिजन सहितको कार्य योजना बनाएकै कारण पछिल्लो समय पंचकन्याको बिकाशले तिब्रता पाएको स्थानियहरुले बताउदै आएका छन् । पंचकन्या गाउँपालिकामा बिगतको ५ बर्षे कार्यकालमा स्वास्थ्य शिक्षा, खेलकुद , भौतिक पुर्वाधार बिकाश, यातायात , सेवाग्राही मैत्री प्रसासनिक सेवा, कृषी तथा पशु सेवा लगायतका क्षेत्रमा उल्लेख्य काम भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रद्र्धदनको निमित्त घ्याङ स्वारामा होमस्टे, जिपलाई सहितको भ्यूटावर अबधारणा सहित कार्य सम्पादन सुरु भैसकेको गाउँपालिकाले जनाएको छ । साथै गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको ड्रिम प्रोजेक्टको रुपमा रहेको घ्याङ स्वारा पर्यटकिय स्थलमा हाल पर्यटकहरु तथा पाहुनाहरुको लागी पंचकन्या सामुदायीक पाहुनाघर संचालनमा छ । करिब ५० करोडको अनुमानित लगानीमा निर्माण गर्न लागिएको ड्रिम प्रोजेक्टमा खेल मैदान, बाल उद्यान , बनभोज स्थल, खेल मैदान अन्तिम चरणमा पुगेको छ । पंचकन्या गाउँपालिका भित्रका ससस्त्र जनयुद्धको समयमा साहदत प्राप्त गरेका सहिदहरुको शालिक समेत राख्ने बताइएको छ । सो सहिद पार्क निर्माण अन्तिम चरणमा पुगेकोे जनाइएको छ ।


पंचकन्या गाउँपालिकामा बिकाशको गति र अध्यक्ष तामाङले सबै नागरिकहरुमा गरेको समान ब्याबहारको कारण पालिकामा अरु कसैको पनि बिकल्प नभएको स्थानिय नागरिहरुले बताएका छन् ।
नेकपा माओवादी केन्द्रबाट बिजयी तामाङ पार्टीको निकै बिश्वासनिय पात्रको रुपमा चिनिन्छन् । २०४८ साल तिर तत्कालिन जनमेर्चाको गाउँ कमिटी सदस्य, ससस्त्र जनयुद्धको समयमा अखिल नेपाल आदीबासी जनजाति महासंघको सदस्यको जिम्मेवारी र गाउँकमिटीको सदस्य समेत रहेर जिम्मेवारी पुरा गरेका थिए ।


अध्यक्ष तामाङ २०६६ मा निर्वाचित जिल्ला सदस्य थिए ।उहाँले नेपाल तामाङ घेदुङको केन्द्रिय जिम्मेवारीमा रहेर काम सरिसक्नु भएको छ । २४ बर्ष निरन्तर नेपाल तामाङ घेदुङमा केन्द्रिय सदस्य, निर्वाचित कोषाध्यक्ष र २ कार्यकाल उपाध्यक्षको समेत जिम्मेवारी बहन गर्नु भएको थियो । हाल उहाँ बागमती प्रदेश सदस्य, निर्वाचन क्षेत्र नं १ क को इन्चार्ज र पंचकन्या गाउँपालकाको कमाण्ड इज्चार्जको जिम्मेवारीमा हुनुहुन्छ ।
बिगत लामो समय देखी नेकपा माओवादी केन्द्रको बिभिन्न जिम्मेवारीमा रहेर काम गरि सकेको नेता जनता माझ पनि निकै प्रिय पात्रको रुपमा चिनिन्छन् । आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रको जिल्ला भरकै सबै भन्दा बलिया उमेदवारको रुपमा तामाङ रहेको बिश्लेसण समेत हुने गरेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्