१२ श्रावण २०८१, शनिबार
Logo

एमाले नुवाकोट जिल्ला सचिवालय सदस्य एवं क्षेत्र नम्बर २ प्रदेश क संयोजक पाण्डे नेकपा (माओवादी केन्द्र) प्रवेश

नेकपा एमाले नुवाकोटका जिल्ला सचिवालय सदस्य एवं क्षेत्र नम्बर २ प्रदेश क संयोजक माधब पाण्डे नेकपा (माओवादी केन्द्र)प्रवेश गरेका छन । पाण्डेले सामाजिक संजाल मार्फत आफूले माओवादी केन्द्रको केन्द्रमा रहेर काम गर्ने जानकारी दिएका छन् ।


नेकपा एमाले नुवाकोटले जिल्लामा शक्ति प्रदर्शन गरेकै दिन एमालेका पुराना एवं स्थापित नेता पाण्डे माओवादी प्रवेश गरेका हुन ।
माओवादी केन्द्रको केन्द्रिय हेड क्वाटर पेरिस डाँडामा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गराएका हुन ।
२०४८ साल देखि एमालेमा सक्रिय राजनीति गरेका पाण्डे २०५४ को स्थानीय चुनावमा वडा अध्यक्ष जितेका थिए ।


आफू २०३६ साल देखी बाम आन्दोलनमा लागेको बताउँदै अहिले नुवाकोट एमाले उल्टो बाटोमा हिडेको कारण एमालेमा बस्न नसकेको बताए ।
पार्टी भित्र बहुमतको निर्णय मान्ने र अल्पमतको सम्मान हुनुपर्नेमा त्यसो हुन नसकेका कारण एमालेमा बस्न नसकेको बताए । बाम आन्दोलनमा लामो समय सक्रिय रहेका पाण्डेलाई माओबादी केन्द्रले उचित जिम्मेवारी प्रदान गरिने बताएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्