६ जेष्ठ २०७९, शुक्रबार
Logo
final gp koirala advert

विदुर नगरपालिकामा नेकपा एमालेबाट १० जनाको प्रमुख , १३ जनाको उपप्रमुखमा दाबी

विदुर नगरपालिकामा नेकपा एमालेबाट १० जनाले प्रमुख र १३ जनाले उपप्रमुखमा लागि दाबी गरेका छन् ।
नेकपा एमाले विदुर नगर कमिटिको बिस्तारित बैठकमा बाहालवाला नगरप्रमुख सञ्जु पण्डित र उपप्रमुख गीता कुमारी दाहालले पुन दोहोराउने इच्छा राखेका छन् ।
आज बसेको नगरकमिटी बैठकमा प्रमुखको रुपमा सञ्जु पण्डित, रामकृष्ण खड्का, गणेश कुमार श्रेष्ठ, नारायण घिमिरे, रामहरी अधिकारी शिवकुमार चित्रकार, अनुजकुमार श्रेष्ठ, ठाकुरप्रसाद गजुरेल, बुद्धिबहादुर प्रधान र देवचन्द्र भट्टले दाबी गरेका छन् ।


बिदुरको उप प्रमुखमा गीता दाहाल, निर्मला अधिकारी, शावित्री प्याकुरेल, रीता थपलिया, इन्दिरा अधिकारी, बच्चुमायाँ सुनारी मगर, रुपा थापा, डिल्लिराज गजुरेल, कमला अधिकारी, लक्ष्मी प्रधान, अम्बिका पौडेल नेपाल, रजनी कार्की र पार्वती प्याकुरेलले दाबी गरेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्