१२ श्रावण २०८१, शनिबार
Logo

बिदुर ५ मा नेकपा एमालेको तर्फबाट अध्यक्षमा सिताराम रिमालको दावी

स्थानिय निर्वाचन नजिकिदै गर्दा बिभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले उमेदवारीमा दावी गर्न थालेका छन् । पार्टी भित्र दिएको योगदानको कदर गर्ने समय आएको भन्दै नेताहरुले आफ्नो दावेदारी प्रस्तुत गर्न थालेका छन् ।


बिदुर नगरपालिका वडा नं ५ मा नेकपा एमालेको तर्फबाट जिल्ला कमिटी सदस्य सिताराम रिमालले अध्यक्षमा दावी गर्ने भएका छन् । तिन दशक भन्दा लामो समय नेकपा एमाले राजनितीमा सकृय उनी नेकपा एमालेको बिभिन्न कमिटीमा रहेर जिम्मेवारी पुरा गरिसकेको बताउँछन् ।
सालिन र भद्र स्वभावका रिमालले २०४६ साल देखी राजनिती सुरु गरेका हुन ।

नेता रिमालका अनुसार २०४६ को जनआन्दोलनमा सक्रिय सहभागिता थियो । जनआन्दोलनको सफलता पछि प्रजातान्त्रिक राष्ट्रिय युवासंघ स्थानिय कमिटीको जिम्मेवारी बहन गरेको रिमालले बताए । २०५६ मा पार्टी विभाजन पछि अग्रज नेताहरूले छोडेर अन्यत्र लाग्दा पनि पार्टीलाई जीवन्त राख्न उनको सक्रिय भूमिका रहेको मानिन्छ ।
२०६४ को पहिलो संविधानसभाको निर्वाचन पछि पार्टी वडा कमिटीको नेतृत्व लिएका रिमालले ०६९ मा नेकपा एमाले बिदुर नगर कमिटीको सचिवालय सदस्य को जिम्मेवारी बहन गरेका थिए ।


तत्कालिन बिदुर नगरपालिका वडा नं ७ को इञ्चार्जको जिम्मेवारी पाएका उनले २०७४ मा जनप्रतिनिधीको रुपमा एक कार्यकाल वडा सदस्य भएर काम गरिसकेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्