१२ श्रावण २०८१, शनिबार
Logo

राप्रपाको तर्फबाट बिदुर १ को अध्यक्षमा यातायात ब्यवसायी ओम प्रकाश जोशीले उमेदवारी दिँदै

सरकारले घोषणा गरेको स्थानीय निर्वाचनको मिति नजिकिए सँगै बिदुर नगरपालीकाका माहोल गर्माएको छ । विभिन्न राजनीतिक पार्टीका नेता–कार्यकर्ताहरू चुनावकेन्द्रित भएर गाउँ–नगर पुगेका छन् ।
निर्वाचनको मिती नजिकिए सँगै राष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटले पनि नुवाकोटको १२ वटै स्थानिय पालिका र ८८ वटै वडामा टिम सहितको उमेदवारी दिने बताएको छ । अन्य पार्टीहरुबाट बितृष्णा भएका अधिक कार्यकर्ताहरु राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रबेश गरेको राप्रपा नुवाकोटले बताएको छ ।
अरु पार्टीहरु ब्यक्तीबादी र भ्रस्टाचारी भएको बताउदै अब नागरिकले बिश्वास गरेको पार्टी रहेको राप्रपा बिदुर नगरपालिका अध्यक्ष ओम प्रकाश जोशीले बताउनु भयो ।
उहाँले आगामी बैशाख ३० गते हुने निर्वाचनमा राप्रपाको तर्फ बिदुर नगरपालीका वडा न्ां १ को वडा अध्यक्षमा उमेदवारी दिने बताउनु भयो । अब राप्ररा मार्फत राष्ट्रिय समस्याले निकास पाउने उहाँको भनाई छ ।
उहाँ सफल यातायात ब्याबसायी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्