“अझै पनि संबिधान र लोकतन्त्र खतरामा छ” -संघिय सांसद हित बहादुर तामाङ

म्यागङ गाउँपालीका ४ किम्ताङमा दोश्रो शहिद प्रतिमा स्मृती पुरुष भलिबल कप २०७८ सम्पन्न भएको छ । शहिद प्रतिमा स्मृती बहुउद्देसिय सहकारी संघ लिमिटेडको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी संघिय सांसद हित बहादुर तामाङले खेल मैदान ब्याबस्थापनको लागी पहल गर्ने बताउनु भयो । उहाँले म्यागङ ४ किम्ताङ खेलकुद मैदान छेउमा रहेको पहिरो ब्याबस्थापन र खेलकुद मैदानको लागी प्याराफिट निर्माणमा सहयोग र सहजिकरण गर्ने बताउनु भयो ।

उहाँले समारोहलाई सम्बोधन गर्दै अझै पनि संबिधान र लोकतन्त्र खतरा रहेको बताउनु भयो । संबिधान र लोकतन्त्र जोगाउन यो गठबन्धन आबश्यक रहेको उहाको भनाई छ । नेपालको राष्ट्रिय स्वाधिनता जोगाउन संबिधान र लोकतन्त्रको रक्षाको लागी बाम लोकतान्त्रीक गठबन्धन गरेको बताउनु भयो । नेता तामाङले गठबन्धनलाई बिजय गराउन उत्साह पुर्बक लाग्न समेत सबैलाई आग्रह गर्नु भयो ।

दोश्रो शहिद प्रतिमा स्मृती पुरुष भलिबल कप २०७८ समापन समारोहमा प्रथम हुने धादिङ खनियाबासको बिर्चेत युवा क्लबलाई ६० हजार नगद, मेडल र ट्रफि प्रदान गरिएको छ । द्धितिय हुने धादिङ खनियाबासको अहिंसावादी युवा क्लबलाई ३० हजार नगद मेडल र ट्रफि प्रदान गरिएको छ । तृतिय हुने खेलाडीहरुलाई १५ हजार नगद मेडल र ट्रफि र सान्त्वना हुने खेलाडीहरुलाई प्रोत्साहन स्वरुप पाचँ हजार नगद प्रमाण पत्र तथा मेडल र ट्रफि प्रदान गरिएको छ ।


समापन समारोहमा नेकपा माओवादी केन्द्रका नेतृ बिमला सुबेदी,राममाया बोगटी,नेताहरु राम प्रसाद ढुंगाना, रामेश्वर थापा मगर, कमन बहादुर तामाङ ,बुद्धि बहादुर तामाङ चिजामाया तामाङ, वाइसियल नेताहरु राजन गौतम, दिनेश बोगटी, राजेन्द्र पाण्डे, नेपाल तामाङ घेदुङका नेता जयमान वाइबा, सुकसागर तामाङ, लगाएतका नेता तथा खेलप्रेमी नागरिकहरुको उपस्थिती रहेको थियो ।

शहिद प्रतिमा स्मृती बहुउद्देसिय सहकारी संघ लिमिटेडको आयोजना र लालीगुँरास युवा क्लबको सहआयोजना भएको दोश्रो शहिद प्रतिमा स्मृती पुरुष भलिबल कप २०७८ चैत्र १७ गते सुरु भएको प्रतियोगिता २१ चैतमा सम्पन्न हो ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्