१२ श्रावण २०८१, शनिबार
Logo

सुर्यगढी ४ मा राप्रपा नेता सिताराम गिरीद्धारा अध्यक्षको उमेद्धवारी घोषणा

सुर्यगढी गाउँपालीका वडा नं ४ का राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सिताराम गिरीले आसन्न स्थानिय निर्वाचनमा वडा नं ४ बाट अध्यक्ष पदको उमेद्धवारी दिने बताउनु भएको छ ।


२०५७ साल देखी बिद्यार्थी राजनिती सुरु गरेका गिरी पार्टीका जिम्मेवार र इमान्दार नेता मानिन्छन् । प्रष्ट बक्ता र स्वच्छ छवी भएका गिरी युवाहरुमाझ लोक पिय छन् । गिरी वडा नं ४ का बलिया उमेद्धवार मानिन्छन् ।


सुर्यगढी वडा नं ४ मा राप्रपाको राम्रो समिती भएकै कारण आफ्नो उमेद्धवारी रहने नेता गरिले बताउनु भयो ।
पछिल्लो समय नुवाकोटमा राप्रपाको राजनितीक तथा चुनावी गतिबिधीहरुमा आशा लाग्दो कार्यकर्ताहरु भेला हुने गरेको नेता गिरीले बताउनु भयो । आफु निर्वाचित भएमा वडामा भ्रस्टाचार रहित कार्यको थालनी हुने नेता गिरीले बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्