२६ माघ २०८१, शनिबार
Logo

युवालाई नेतृत्व तहले मुल्यांकन गरि आगामी निर्बाचनमा जिम्मेवारी दिनु पर्छ-जगत बहादुर तामाङ

पछिल्लो समय पैसा र प्रभावको राजनिती गर्नेहरुलाई सचेत युवाहरुले उखबरदारी गर्न थालेको छन् । बिभिन्न पार्टीका युवाहरुले अब पार्टीले आफुहरुलाई जिम्मेवारी दिनु पर्ने कारण सहित माग गर्न थालेको छन् । समय अनुसारको शिक्षा र कार्य सम्पादनमा दखल राख्ने युवाहरुले अब राजनितीमा पाका ब्याक्तीहरुको सर सल्लाह र युवाको कार्य सम्पादन हुन आबश्यक रहेको बताउदै छन् ।


समाजसेवा गरि रहेका समाजलाई योगदान दिने शिक्षीत युवा बर्ग राजनितीमा आउनु पर्ने युवाहरुले दावी गर्दै आइरहेका छन् ।
वर्तमान राजनीतिमा सक्षम र परिपक्व युवा नेतृत्व नहुनु भनेको भविष्यमा देशले पाउने राजनीतिक नेतृत्वमा पनि संकट आउनु हो । यो किसिमको समस्या न्युनिकरणको लागी अब युवा नेत्रृत्व आबश्यक छ ।


तस्तै आशा लाग्दा युवा हुन् तारकेश्वर गाउपालीका वडा नं ५ का जगत बहादुर तामाङ । उनि पेशाले शिक्षक हुन । उनी २०७३ साल देखी हाल सम्म शंखा देवी माध्यामिक बिद्यालयमा कार्यरत छन् । उनि स्टेशनरी ब्याबसायी हुन । समाजले आशा गरेका र संभाबना बोकेका युवा हुन् । समुदायले रुचाएको र समाज कै लागी केही गर्नु पर्छ भन्ने यी युवा बिभिन्न संघ सस्थाहरुमा आबद्ध छन् । तामाङ २०७२ साल देखी नेपाल रेडक्रस सोसाइटीमा समेत आबद्ध छन् ।


बर्तमान राजनितीमा अब युवाको सक्रृय सहभागीता रहनु पर्ने नेपाली काँग्रेका युवा नेता जगत बहादुर तामाङ बताउछन् । त्यसैले अब भिजन सहित युवा राजनितीमा आउनु पर्ने धारणा स्थानिय समाजसेवी तामाङको छ ।
नेपाली कांग्रेसमा आबद्द भई पार्टिका बिभिन्न जिम्मेवारी पुरा गरेका यी युवा अहिलेको समयमा आशा गरिएका युवा नेता हुन् ।

Shivapuri rural municipality awareness message jalapanews


अहिलेको युवा क्रमभंगमा विश्वास राख्ने पुस्ता हो । त्यसैले राजनीतिक दलहरुले अहिलेको युवा आवाज र भुमण्डलिकरण भित्रको युवा स्वतन्त्रता र अधिकारलाई बेवास्था गरी अघी बढ्न खोजे युवाहरुले नयाँ बिकल्पको स्थापना गर्न सक्छन् भन्ने आवाज बुलन्द् गर्दै नेतृत्व तहले समाज परिबर्तन को लागि युवाहरुलाई नेतृत्व दिनु पर्ने कुरा मा जोड दिदै आएका छन । अहिलेका युवाले संसारलाई नजिकबाट नियाल्न सक्छन् साथै समाज रुपान्तरण लागि पछिल्ला युवाहरुसग समन्बय गर्न सक्ने र राजनितिक पुर्बाग्रह नराख्ने स्वाभाबका कारण साथि भाई माझ लोकप्रिय छन । कार्य सम्पादनमा छरिता छन् । यस कारण पनि युवाले अब राजनितीमा ठाउँ पाउनु पर्ने धारणा जगत बहादुर तामाङको छ ।


पार्टी बिचार आस्था जे भए पनि यि र यस्ता क्षमता भएका युवा लाई नेतृत्व तहले मुल्यांकन गरि आगामी निर्बाचनमा जिम्मेवारी दिनु उपयुक्त देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्