१२ श्रावण २०८१, शनिबार
Logo

सुर्यगढी गाउँपालिकामा कस्ले पाउला टिकट ? नेताका आफ्नो आफ्नो दावी

स्थानीय तहको निर्वाचन नजिकिए संगै नुवाकोट जिल्ला भित्र कृयासिल राजनैतिक दल र दलका नेताहरु राजनीतिक अभियानमा जुटेका छन् । यसै क्रममा नुवाकोटकै आकर्षण बन्दै कार्य सम्पादन मुल्यांकनमा प्रथम हुन सफल भएको सुर्यगढी गाउँपालिका कसको नेतृत्वमा जाने हा,े सबैको चासोको बिषय बनेको छ ।

सुर्यगढी गाउँपालिकामा कृयासिल दलहरु नेकपा एमाले, नेपाली काङ्ग्रेस, माओबादी केन्द्र, एकीकृत समाजबादी लगाएतका दलहरु आ–आफ्नै नेतृत्व दाबी गरेपनी यहाँ नेपाली काङ्ग्रेसलाई बलियो संगठन भएको दलको रुपमा हेर्ने गरिन्छ ।


सबै राजनीतिक दलहरु केन्द्रिय गठबन्धन अनुसार नै जादा मुलुक र स्थानीय तहको समेत हित हुने भएकोले संगठन बलियो या निर्दो भन्दा पनि सर्बदलिय सहमतिमा स्थानीय तहको बिकाश निर्माणका कामलाई तिब्रता दिन सकिने एकीकृत समाजबादीका जिल्ला सचिवालय सदस्य एवं सुर्यगढी गाउँपालिका वडा नम्बर ३ का इन्चार्ज राममणी अधिकारी बताउनुहुन्छ ।
तर नेपाली काङ्ग्रेस आफ्नै संगठन मजबुत भएको र जनतामाझ लोकप्रिय भएकोले आफ्नो एकल उम्मेदवार हुँदा पनि आफ्नो पार्टीको उम्मेदवारको जित सुनिस्चित भएको काङ्ग्रेस नेताहरु बताउछ्न । नेपाली काङ्ग्रेसबाट सन्त बहादुर घले, शंकर प्याकुरेल, शिव अधिकारी, अध्यक्षपद दाबेदारको रुपमा हुनुहुन्छ ।


चुनावी तातमेल नभएमा युवामाझ लोकप्रीयता हासिल गरेका र जनस्तरमा सुख दुखका सारथि समेत बनेका शंकर बहादुर प्याकुरेल नै बलिया उम्मेदवार देखिएको स्थानीय कार्यकर्ताहरुको आंकलन रहेको छ । नेपाली कांग्रेसबाट सन्त बहादुर घले तामाङले दोहोर्याउन चाहेमा समन्वय समिती वा आगामी बर्ष हुने प्रदेस चुनावमा ब्यबस्थापन गर्न सकिने बताइन्छ । पार्टी इकाई सभापति प्याकुरेललाई स्थापित गरिदा नतिजा आफ्नो पोल्टामा पार्न सकिने काङ्ग्रेस नेताहरु बताउछन ।

Shivapuri rural municipality awareness message jalapanews

सुर्यगढी गाउँपालीकामा आफ्नो संगठन बलिलो रहेको नेकपा माओबादी केन्द्रले पनि दाबी गरेको छ । एमाले फुटेको समय नेकपा एकिकृत समाजवादीको समर्थन पाउने आशामा माओवादी अलि बढी ढुक्क देखिन्छ । उसो त नेपाली काँग्रेसको गुटगत राजनितीक खेल पार्टीले थामि नसक्नुको छ । नेपाली कांग्रेस नुवाकोटमा केसी गुट र महत गुटको राजनितीक खेलका कारण आफुहरुलाई फाइदा पुग्ने हुदाँ माओवादी केन्द्र सुर्यगढी गाउँपालीका निर्वाचनको नतिजा आफ्नो पोल्टामा पार्ने प्रयास गरि रहेको बुझिन्छ ।
त्यसैगरी सुर्यगढी गाउँपालीकामा अध्यक्षको उमेदवारको लागी माओबादी केन्द्रबाट इमानसिंह तामाङ, सुवास तामाङ, पुरुषोत्तम अधिकारी नाम बढी चर्चामा छ ।


सुर्यगढी गाउँपालीकामा नेकपा एमालेमा केन्द्रिय स्तर सम्मको नेतृत्व गर्न सफल केन्द्रिय सदस्य बिन्दा ढुंगाना प्रदेश सांसद बद्री मैनाली लगाएतका नेताहरुको अलि बढी नै प्रभाव छ । यसो हुदा निर्वाचन जित्न असम्भव छैन भन्ने ढुक्कमा एमाले रहेको देखिन्छ । बागमती प्रदेस सांसद बद्री मैनालीको प्रभाव युवा जमातमा अली बढी रहेको हुदा निर्वाचनमा ति युवा चरिचालन गरि जित आफ्नो पोल्टामा पार्ने एमालेको दाउ छ । सुर्यगढी गाउँपालीकामा अध्यक्ष पदको उमेदवारको लागी राजेन्द्र रिजालको एकल दावी छ ।

तर निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा समाजवादी तालमेल हुदा क्लिन स्वीप हुने डर एमालेमा छ । भने तालमेल नहुदा नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेस दुबैलाई यो चुवाव फलामको चिउरा हुने आँकलन एमाले नुवाकोटको छ । गत निर्वाचनको नतिजा हेर्ने हो भने सुर्यगढीमा पहिलो नेपाली कांग्रेस र दाश्रो माओवादी केन्द्र रहेको थियो ।
एकीकृत समाजबादीबाट शान्ता थापा, रोजराज अधिकारी, राममणी अधिकारी लगाएतका नामहरु चर्चामा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्