१२ श्रावण २०८१, शनिबार
Logo

राप्रपाले आज बिदुरमा नेता लोहनी र महामन्त्री गुरुङद्धारा चुनाव लक्षित प्रशिक्षण गर्दै

स्थानीय तह निर्वाचनको मिती नजिकिए सँगै राजनीति दलहरु चुनावी गतिविधीमा सकृय हुन थालेका छन । विभिन्न ठुला देखि साना राजनीतिक दलहरु चुनावी जोड घटाउमा लागेका छन ।


यसै सन्दर्भमा रास्ट्रीय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बिदुर नगर कार्यसमितिको आयोजनामा पार्टीका बरिस्ठ नेता डा. प्रकाश चन्द्र लोहनी र महामन्त्री राजेन्द्र गुरुङले चुनाव लक्षित प्रशिक्षण दिन लागेको छ ।

बिहिबार पत्रकार सम्मेलनमा राप्रपा सहमहामन्त्री झनक प्याकुरेलले देशैभर अबको निर्वाचनमा अहिलेका तिनवटा ठुला दलको बिकल्पमा आफ्नोदल नयाँ शक्तिको रुपमा उदाउने दाबी गर्नुभयो । स्थानीय तहमा बिगत पाँच बर्षमा भ्रस्टाचार बाहेक अरु नभएको बताउदै सहमहामन्त्री प्याकुरेलले आफ्नो पार्टिले टिकट दिँदा नै भ्रष्टाचार नगर्ने कसम ख्वाएर मात्र टिकट दिने दाबी गर्नुभयो ।


बिदुर नगर कार्य समितिका अध्यक्ष प्रकाश जोशीले राप्रपा नगर समितिले संगठन निर्माण र परिचालनमा जोड दिएको बताउदै भ्रस्टाचार, कुशासन रहित समाजको निर्माण गर्दै समुन्नत बिदुर नगरपालिका निर्माण गर्ने अभियानमा सहयोग गर्न बिदुर नगरबासिमा आग्रह गर्नुभयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्