नुवाकोट चौघडाका नमराज घिमिरे नेपाली आर्ट कल्चर एण्ड म्युजिक भिडियो अवार्डबाट सम्मानित

लिखु गाउँपालिका वडा नं ४ चौघडा बगैचाका नमराज घिमिरे काठमाडौमा सम्पन्न नेपालि आर्ट कल्चर एण्ड म्युजिक भिडियो अवार्ड बाट सम्मानित भएका छन् ।
क्षेत्रपाल माध्यमिक बिध्यालय चौघडाबाट माध्यमिक शिक्षा हासिल गरेर काठमाडौंमा छिरेका घिमिरे सुरुमा क्यामेरा मेन हेल्परको रुपमा काम गर्ने गर्थे । काममा सधै लगनशिल र इमानदारिका साथ लागेकै कारण २० बर्षकै उमेरमा सिनियर क्यामेरा मेन हुन सफल भएको उनको भनाइ रहेको छ ।
घिमिरेले अहिले सम्म हे ब्युटि, बर्ष दिनको दशै तिहार, ढाटे जस्तो भयो, मन त मनै हो, कति गहिरो फेवाताल, औठि सुनैको, प्रदेशी मन, लगाएत म्युजिक भिडियोमा छायांकारको रुपमा काम गरि सकेका छन् ।
त्यसैगरि टेलिसिरियलहरु रुद्राक्ष, हालत खराब, फोकटलाल, पुतलिको भट्टी र कयौ विज्ञापनमा समेत सिनियर क्यामेरामेन भएर काम गरेको अनुभव सुनाउछन ।
उनले २०७५ सालमा प्रथम अनलाईन लोक दोहोरी अवार्ड,त्यसपछि बक्स अफीस दसैं तिहार अवार्डका साथै तेस्रो एपिक अवार्ड प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्