१२ श्रावण २०८१, शनिबार
Logo

दुई लाख चौरानब्बे हजार रुपैयाँ नक्कली नोटसहित ४ जना पक्राउ

काठमाडौंको नयाँ बजारबाट नक्कली नेपाली नोटसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । करिब दुई लाख चौरानब्बे हजार रुपैयाँ नक्कली नोटसहित महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहट घर भइ नयाँ बजार बस्ने पृथ्वी प्रसाद साह, मोहम्मद मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम रहेको प्रहरीले बताएको छ ।
नयाँ बजारस्थित मेडिकल चोक एरियामा केही ब्यक्तिहरुले नेपाली नक्कली नोटको अबैध कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरी खटिएको थियो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्