४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

देशका ३ ठुला दलहरुले नेपाली जनताको सम्पतीमा डाँका गर्दै आइरहेका छन् – नेता लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका निबर्तमान अध्यक्ष डा.प्रकाश चन्द्र लोहनीले देशका ३ ठुला दलहरुले नेपाली जनताको सम्पतीमा डाँका गर्दै आइरहेको बताउनु भयो ।


बुधबार लिखु गाउँपालिका वडा नं.४ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेता लोहनीले बर्तमान सरकार र अन्य सबै दलहरु भ्रस्टाचारमा लिप्त रहेको तर राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै भ्रष्टाचार, अत्याचार र दुराचारको बिरुद्धमा आवाज उठाउदै आएको बताउनु भयो ।


रामचन्द्र अगस्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरु झनक प्याकुरेल, जनक पाठक, भरत पाठक, दिपक कुमार राई, युबक संगठनका केन्द्रीय अध्यक्ष फडिराज लोहनी, बिध्यार्थी संगठनका केन्द्रिय सदस्य सन्तोष कार्की, बागमती प्रदेश समिती प्रबक्ता बिस्णु प्रसाद सापकोटा, सदस्य शिव अधिकारी, जिल्ला अध्यक्ष कुल खड्गी, जिल्ला सदस्य नारायण अधिकारी, लगायतको उपस्थीति रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्