१२ श्रावण २०८१, शनिबार
Logo

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनले कार्यदल बनायाे

सत्तारुढ गठबन्धन दलहरूले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएका छन् ।   

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतवार आह्वान गर्नुभएको सत्तारुढ गठबन्धनको बैठकले त्यस्ताे सहमति गरेको हो । कार्यदलमा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहनुभएको छ ।

कार्यदलले संसद् बैठक सुरु गर्नेदेखि संसदमा विचाराधीन विभिन्न विषय अगाडि बढाउने सम्बन्धमा दलहरूसँग आवश्यक परामर्श र छलफल गर्ने कार्यादेश पाएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।     

Shivapuri rural municipality awareness message jalapanews

पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकपछि आजै संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बसेको थियो । बैठकमा संसदमा जारी गतिरोध अन्त्य गर्ने, संसदमा विचाराधीन विषयलाई अगाडि बढाउने लगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका कानुन विज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो । आजकाे बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने अनुपस्थगित थियाे । 

प्रतिक्रिया दिनुहोस्