१२ श्रावण २०८१, शनिबार
Logo

परम्परागत ठेक्काप्रथाबाट विकास संभव छैन, सामुदायिक विकासको मोडालिटीमा जाऔं-अर्थमन्त्रीशर्मा

अर्र्थमन्त्रीजनार्दन शर्माले विकास निर्माणको परम्परागत मोडालिटी अपर्याप्त भएकोले सामुदायिके विकासको मोडालिटीअपनाउनुपर्नेमा जानुपर्नेमा जोड दिनुभएको छ ।
नेकपामाओवादी केन्द्र कर्णालीप्रदेशको प्रथम सम्मेलनलाई सम्बोधनगर्दै मन्त्रीशर्माले परम्परागत ठेक्का प्रथाबाट देश विकास संभव नरहेकोले नयाँ मोडालिटीमा जानुपर्ने आवश्यकताऔंल्याउनुभएको हो । ‘अहिलेको ठेक्का प्रथाबाट देशको विकास संभव छैन, समुदायमार्फत विकास गर्ने मोडालिटीमा जानुपर्छ’ उहाँले भन्नुभयो ‘सरकारले समुदायलाई पैंसा दिने, सरकारले अनुगमन र अडिट गर्ने मोडालिटीमा गयो भने तीव्र गतिमाविकास हुन्छ । यसबारे बहस सुरु गरेको छु ।’
निश्चित मोडालिटी र मापदण्ड बनाएर हरेक वडा र पालिकाका समुदायलाई पैंसा दिने र उनीहरुको सहभागितामाविकास गर्ने मोडालिटीबाट विकासको रफ्तारले तीव्रतापाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।


मन्त्रीशर्माले कर्णालीप्रदेशबाट समाजवादको आधार तयार गर्नेगरी काम गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । कर्णालीप्रदेशका ८५ हजार पार्टी सदस्यहरु सवै उत्पादनको कार्यमा जोडिने र कोहीपनिव्यक्तिअभावमाबाँच्नु नपर्ने गरी आत्मनिर्भरताको योजनाबनाउनअगुवाकार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । ‘पार्टीका कार्यकर्ता र सदस्यहरु खानलाउननपाई रुँदै हिडेर समाजवादआउदैन, हरेक व्यक्तिआर्थिक रुपले आत्मनिर्भर हुनुपर्छ । आत्मनिर्भर कार्यकर्ता भयो भने मात्र समाजवादीक्रान्तिमा योगदान गर्नसक्छ ।’ उहाँले भन्नुभयो ।
यस्तै पार्टीका हरेक कमिटीहरुले उत्पादनइकाई बनाएर आर्थिक उपार्जनको कार्यमा लाग्नुपर्नेमा मन्त्रीशर्माले जोड दिनुभयो । आफूले २०६३ सालमै उत्पादनअभियानचलाउनआव्हानगर्दा त्यतिखेर कतिपयले खिसिट्यूरी गर्ने गरेको स्मरण गर्दै मन्त्रीशर्माले भन्नुभयो ‘आजआएर पार्टीले सोहीलाईन लिएकोमा खुशीलागेको छ, अब यो लाईन राष्ट्रिय सम्मेलनबाट पारित हुन्छ ।’
माओवादी केन्द्रका स्थायी समिति सदस्यएवं समेत रहनुभएका नेताशर्माले पार्टीले प्रचण्डपथको विचार त्याग्ने तथाशान्ति र विद्रोहको दोधारे नीतिलिने गल्ती गरेको कारण समस्या देखिएको टिप्पणी गर्नुभयो । आगामीपुसमाहुने राष्ट्रिय सम्मेलनबाट पार्टीले नयाँविचार संश्लेषणसहित संगठनात्मक छलाङ्ग मार्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्