निशुल्क मोतिया बिन्दुको शल्यक्रिया तथा चस्मा र औसधि बितरण

नुवाकोटको पिपलटारमा निशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
शान्ति फाउन्डेसन नेपालको आयोजना मात्रिका आई सेन्टर काठमाडौको प्राबिधिक सहयोग र बिदुर नगरपालीका वडा नं ५ को सहकार्यमा आज निशुल्क आँखा शिविर तथा मोतिया बिन्दुको शल्यक्रिया भएको छ ।
निशुल्क शिविरमा ५२ जनाको आँखाको शल्यक्रिया भएको छ । शल्यक्रिया भएकाहरुलाई निशुल्क औषधी तथा चस्मा बितरण गरिएको अध्यक्ष शिव चित्रकारले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्