जनसांस्कृतिक माहासंघ नुवाकोट संयोजकमा युवा नेता तोयानिधी पौडेल

जनसांस्कृतिक माहासंघ बागमती प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ ।
प्रथम सम्मेलनले विश्व दोङ्ग नेतृत्वमा ५१ सदस्यीय कार्य समिती चयन गरेको छ । महासंघको उपाध्यक्षमा पुजा श्रेष्ठ , सचिवमा कमान सिं लामा र असोक कुँवर ’नेत्र’, सहसचिवमा सन्त लामा र शुशिला खड्का र कोषाध्यक्षमा प्रतीक ब्लोन सहित ५१ सदस्यिय समिति निर्बिरोध निर्वाचित भएको छ ।
सोमबार सम्पन्न भएको प्रथम सम्मेलन बागमती प्रदेशको सबै जिल्लामा संयोजक तोकेको छ । नुवाकोटको लागी नेकपा माओवादी केन्द्र तारकेश्वर गाउपालीका वडा नं १ का अध्यक्ष समेत रहेका युवा नेता तोयानिधी पौडेललाई नुवाकोट जिल्ला संयोजकमा चयन गरेको छ । .
प्रतिक्रिया दिनुहोस्