१२ श्रावण २०८१, शनिबार
Logo

नेकपा माओबादी केन्द्र नुवाकोटको १२ वटै पालिकामा नयाँ नेत्रृत्व

नेकपा माओबादी केन्द्र नुवाकोटको १२ वटै पालिकाको नयाँ नेत्रृत्व टुंगो लागेको छ । मंसिर ११ गते नै देशब्यापी रुपमा अधिबेशन सम्पन्न गर्ने निर्णय भए पनि मंसिर १८ मा नुवाकोटका सबै पालिकामा नयाँ संगठन कमिटी गठन भएको नेकपा माओवादी केन्द्र नुवाकोटले जानकारी दिएको छ ।


आजै नेकपा माओवादी केन्द्र लिखु गाउपालीकाले पदाधीकारी चयन गरेको छ ।
लिखु गाउपालीकाको दोश्रो भेलाले भिम ढकालको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन गरेको छ । नेकपा माओवादी केन्द्र लिखु गाउँपालिकाको उपाध्यक्षमा महेन्द्र डंगोल,कृष्ण बहादुर मानन्धर र प्रभुशरण खतिवडा निर्बिरोध निर्वाचित हुनु भएको छ । सचिवमा सद्धाम राई, सहसचिवमा कुल बहादुर थापा,कोषाध्यक्षमा लक्ष्मिदेवि श्रेष्ठ सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।


त्यसै गरि आजको पालीका सम्मेलनबाटै म्यागङ गाउपालीकाले नयाँ नेत्तृत्व पाएको छ । अध्यक्षमा बुद्धी बहादुर तामाङ निर्बिरोध चयन हुनु भएको छ । संगठनको उपाध्यक्षमा चिजामाया तामाङ, राज कुमार थापा र सम्झना गुरुङ चयन हुनु भएको छ । सचिवमा सोम बहादुर तामाङ , सहसचिवमा तापोन तामाङ र कोषाध्यक्षमा बिर बहादुर घले सहित ५५ सदस्यीय कमिटी गठन भएको छ ।


सुर्यगढी गाउँपालिका कमिटिको अध्यक्षमा इमानसिङ तमाङ(विशाल) निर्बिरोध चयन हुनु भएको छ । उपाध्यक्षहरु गुरु प्रसाद अधिकारी, कृष्णमान तमाङ, हरिशरण भट्टराई, सचिबमा पुरुषोत्तम अधिकारी, सहसचिबमा कुमार राई र कोषाध्यक्षमा बुद्धलक्ष्मी पाख्रिन लगायत ५५ सदस्यीय संगठन कमिटी गठन भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews


किस्पाङ गाउँपालिकाको अध्यक्ष सुमन तामाङ चयन हुनु भएको छ । उपाध्यक्षहरुमा बिक्रम घले, भिमसेन तामाङ, शेषनाथ भट्ट, सचिवमा माधव न्यौपाने, सहसचिवमा लक्ष्मी घले र कोषाध्यक्ष टिटी तामाङ लगायत ५५ सदस्यीय कमिटी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्