माओबादी नेता रजमान तामाङद्धारा बिद्यालयहरुलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा बितरण

नेकपा माओबादी केन्द्रका नेता रजमान तामाङले नुवाकोटका बिभिन्न बिद्यालयहरुलाई न्यानो कपडा, शैक्षिक सामाग्री लगाएतका सामान हस्तान्तरण गर्नु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश समितिका सदस्य एवम सम्पर्क समन्वय समितिका सदस्य रजमान तामाङ द्वारा सुर्यगढी गाउँपालिका स्थित बागेश्वरी माध्यमिक बिद्यालयलाई १ थान कम्प्युटर र प्रोजेक्टर हस्तान्तरण गर्नु भएको छ ।

शिक्षा बिज्ञान तथा प्रबिधी राज्यमन्त्री बोधमाया यादबको उपस्थितीमा सो सामान नेता तामाङ हस्तान्तरण गर्नु भएको हो । नेकपा माओवादी केन्द्रका युवा नेता रजमान तामाङ यस बिद्यालयका पुर्वबिद्यार्थी हुन ।

यस अघि नेता तामाङले तारकेश्वर गाउँपालिकाको दाङसिङ माध्यामिक बिद्यालय र पन्चमिलन कलादेवी आधारभुत बिद्यालयलाई शैक्षिक सामाग्री र ककनी गाउँ पालिकाको जालपादेबी आधारभुत बिद्यालयका बिध्यार्थीहरुलाइ न्यानो कपडा प्रदान गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्