नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नुवाकोटको १० पालिकामा अधिबेशन सम्पन्न
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नुवाकोटको गाउँ पालिका अधिबेशन अन्तिम चरणमा पुगेको छ । मंगलबार सम्म नुवाकोटका १२ मध्ये १० वटामा गाउँ पालिकामा अधिबेशन सम्पन्न भएको नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य पुष्प लामिछाने (अरुण) ले जानकारी दिनुभयो ।
सम्मेलन सम्पन्न लिखु गाउपालीकामा कमिटी बने पनि पदाधिकारी चयनमा बिवाद भएको छ भने किस्पाङ गाउपालीकामा नेत्रृत्व चयनमा निर्वाचन हुने देखिएको छ ।
म्ांगलबार सम्म अधिबेशन सप्पन्न भएको पालिकाहरुमा बिदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, ककनी गाउँपालिका, शिबपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, पन्चकन्या गाउँपालिका, तादी, लिखु र किस्पाङ गाउँपालिका रहेका छन ।
जस अनुसार दुप्चेश्वरमा अध्यक्ष कमल खतिवडा (मनिष) उपाध्यक्षहरुमा जयागर तामाङ (दिपक), ज्ञान बहादुर तामाङ, सीता थापा चयन हुनु भएको छ । सचीवमा शंकर थापा, सहसचिव बिरबल तामाङ, कोषाध्यक्षमा माकुरी तामाङ सहित ५५ सदस्यीय संगठन कमिटी सर्वसम्मत बनेको छ ।
त्यस्तै तादी गाउपालीकामा अनुप पाण्डेको अध्यक्षतामा ५५ सदस्यीय कमिटी बनेको छ ।
संगठन कमिटीको उपाध्यक्षमा अस्बिन पाण्डे, बच्चुराम तामाङ (श्याम),श्री कृष्ण तिमल्सिना (कल्याण) चयन हुनु भएको छ । सचिवमा रोशन श्रेष्ठ कोषाध्यक्षमा वीर बहादुर तामाङ सह सचिबमा चेपे तामाङ (माल्सानि) निर्बिरोध निर्वाचित हुनुभएको छ ।
बेलकोटगढी नगरपालिकामा शिब प्रसाद पौडेलको अध्यक्षतामा ६५ सदस्यीय संगठन कमिटी बनेको छ । कमिटीको उपाध्यक्षहरुमा धनबहादुर तामाङ, कौशिला पुडासैनी, रामचन्द्र ढुङ्गाना,सचिबमा मनराज गुरुङ , सह सचिवमा चन्द्र बा तामाङ (जनम), कोषाध्यक्षमा सन्जु श्रेष्ठ निर्बिरोध निर्वाचित हुनुभएको छ ।
नेकपा माओवादी केन्द्र ककनि गाउपालीकाको सम्मेलनबाट सुमन तामाङ (सज्जन) अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । उपाध्यक्षहरुमा पदम बलामी, केशब हुमागाइ,राम थीङ्, सचीवमा बृष तामाङ, सहसचिवमा कृष्ण लामा (शक्ति) कोषाध्यक्षमा मीठु माया सहित ५५ सदस्यीय कमिटी निर्बिरोध निर्वाचित भएको छ ।
नेकपा माओवादी केन्द्र शिबपुरी गाउँपालिकाको अध्यक्ष मीन बहादुर तामाङ चयन हुनु भएको छ । कमिटीको उपाध्यक्षहरुमा शुकुराम तामाङ, प्रताप बिक र शम्भु थापा निर्बिरोध निर्वाचित हुनु भएको छ । संगठनको सचीवमा वीर बहादुर तामाङ, सहसचिवमा राजकुमार गजमेर र कोषाध्यक्षमा दिनेश कुमार तामाङ सहित ५५ सदस्यीय कमिटी निर्बाचित भएको छ ।
तारकेश्वरगाउपालीकाको अध्यक्षमा सोम तामाङ निर्बोरोध निर्वाचित हुनु भएको छ । उपाध्यक्षहरुमा जनक राज ढुंगाना , केशब प्रसाद रिमाल र बम बहादुर तामाङ, चयन हुनु भएको छ ।
सचिवमा बच्चुराम रिमाल , सह सचिवमा मान बहादुर तामाङ र कोषाध्यक्षमा शुशिला तामाङ सहित ५५ सदस्यीय कमिटी गठन भएको छ ।
बिदुर नगरपालीकामा नेकपा माओवादी केन्द्र बिदुर नगरपालीकामा प्रभा बोगटीको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन भएको छ । नगर कमिटिको उपाध्यक्षहरुमा वद्रि प्याकुरेल, कृष्ण आनन्द विक र सम्पूर्ण अधिकारी चयन हुनु भएको छ । कमिटिको सचिवमा भोजराज पनेरु, सहसचिवमा सञ्जिव थपलिया, कोषाध्यक्षमा नारायणप्रसाद रिमाल चयन हुनु भएको छ ।
नेकपा (माओवादी केन्द्र) पञ्चकन्या गाउँ गाँउपालिकाको दोश्रो गाँउ सम्मेलनले अध्यक्षमा मणिनाथ लामिछानेलाई सर्वसम्मत चयन गरेको छ ।
शनिबार घलेभञ्ज्याङमा आयोजित दोस्रो सम्मेलनले लामिछानेको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षहरुमा रामबाबु पराजुली, सन्चबहादुर तामाङ, वासुसिंह ठकुरी, सचिव छिरिङदोर्जे तामाङ, सहसचिव कृष्णप्रसाद बोहोरा, कोषाध्यक्ष श्रीधर पराजुली निर्वाचित हुनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्