१२ श्रावण २०८१, शनिबार
Logo

माओवादी केन्द्र तारकेश्वरद्वारा प्रदेश अधिबेशनको लागी प्रतिनिधि चयन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तारकेश्वरको दोश्रो गाउँ पार्टी सम्मेलन सम्पन्न भएको छ । जिल्ला इन्चार्ज बिमला सुबेदिको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको सम्मेलनले गाउँ पार्टी कमिटी र पार्टीको प्रदेश अधिबेशनका लागि प्रतिनिधि समेत चयन गरेको छ ।


प्रदेश प्रतिनिधिमा प्राथमिकताको आधारमा चयन हुनुहुनेहरुमा बिगत तीन दसक भन्दा लामो समय देखि बाम आन्दोलन र जनयुद्धमा सक्रिय सहभागी हुनुहुने हरि प्रसाद रिमाल पहिलो र भरत सिग्देल दोश्रो नम्बरमा प्रदेश अधिबेशन प्रतिनिधिको रुपमा चयन हुनुभएको छ ।
भरत सिग्देल राजनीतिका साथै प्राध्यापन र साहित्यकारको रुपमा सक्रिय हुनुहुन्छ । जनयुद्धको क्रममा तत्कालीन सत्ताद्वारा सिग्देलले चरम यातना र पटक पटक जेलजिवन ब्यतित गर्नु परेको थियो ।


हरि रिमाललाई तत्कालीन सेनाले बेपत्ता बनाउनुका साथै चरम यातना दिएको थियो ।
हरि रिमाल माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य र तारकेश्रर गाउँ पार्टीको सह इन्चार्जको भुमिका रहनु भएको थियो । तेश्रो नम्बरमा राजेन्द्र न्यौपाने चयन हुनुभएको छ । नेता न्यौपानेले मजदुर संगठन पृष्ठभुमि बाट राजनीति सुरु गर्नुभएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्