नेकपा माओवादी केन्द्र बिदुर नगर कमिटीको अध्यक्षमा बोगटी,सचिवमा पनेरु

नेकपा माओवादी केन्द्र बिदुर नगर कमिटीको दोश्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनद्वारा अध्यक्षमा प्रभा बोगटी निरबिरोध निर्वाचित हुनु भएको छ ।
त्यस्तै नगर कमिटिको उपाध्यक्षमा वद्रि प्याकुरेल, कृष्ण आनन्द विक र सम्पूर्ण अधिकारी सर्वसम्मत रुपमा चयन हुनु भएको छ । कमिटिको सचिवमा भोजराज पनेरु, सहसचिवमा सञ्जिव थपलिया, कोषाध्यक्षमा नारायण प्रसाद रिमाल सहित सम्मेलनबाट ६५ सदस्यीय कमिटि चयन भएको छ ।
प्रतिक्रिया दिनुहोस्