१२ श्रावण २०८१, शनिबार
Logo

जनप्रगतीशील मंच पोर्चुगलको सचिवमा नुवाकोटका पुर्व बिद्यार्थी नेता रेशम बस्नेत

नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतीशील मंच पोर्चुगलको छैटौँ अधिवेशन सम्पन्न भएको छ ।


अधिबेशनले दावा लामाको अध्यक्षतामा २७ सदस्यीय नेपाली जनप्रगतीशील मंच चयन गरेको छ । नेपाली जनप्रगतीशील मंचको उपाध्यक्षमा प्रकाश जिसी, दुर्गा पौडेल, माहासचिवमा जिएन पाण्डे , सचिवमा रबि अधिकारी तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी नुवाकोटका पुर्व उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्र नुवाकोटका जिल्ला सदस्य समेत रहनु भएको रेशम बस्नेत निर्वाचित हुनु भएको छ ।


नेपाली जनप्रगतीशील मंच पोर्चुगले प्रवाशमा अलपत्र परेका नेपालीको उद्घार गर्ने , बसोबासमा सहजिकरण गरि दिने कार्य गर्दै आएको सचिव बस्नेतले बताउनु भयो । सचिव बस्नेतका अनुसार नेपालमा दैबि प्रकोप तथा माहामारीको समयमा समस्या झेल्दै आएका नागरिहरुलाई आर्थिक सहयोग जुटाएर सहयोग गर्ने गरेको बताउनु भयो ।


नेकपा माओवादी केन्द्र प्रवास समन्वयन समितीका प्रमुख ओम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा प्रवास समन्वय समितिका सचिव विशेष अतिथिको रुपमा उपस्थित हुनु भएको थियो । कार्यक्रम मंचका निवर्तमान अध्यक्ष राजेन्द्र गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्